back
CTIZAN AD

कालीगण्डकी करिडोरको पहिरोले यात्रुलाई सास्ती

वि.सं.२०८१ भदौ ७ शुक्रवार

675 

shares

गलकोट (बागलुङ) । सडकको ट्रयाक बगाएपछि राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड पटकपटक अवरुद्ध हुँदा यात्रीलाई समस्या भएको छ ।

उक्त खण्डको दब्ल्याङमा पहिरो जाँदा दुई महिनायता करिडोरका यात्रीलाई गन्तव्यसम्म पुग्न सास्ती हुँदै आएको हो । पटकपटक अवरुद्ध हुँदै आएको करिडोरको बागलुङ खण्ड पाँच दिनदेखि पुनः ठप्प भएको छ ।

लगातारको वर्षाका कारण बागलुङ नगरपालिका–१० दब्ल्याङमा करिडोरअन्तर्गत ट्र्याक बगाउँदा पाँच दिनदेखि सवारीसाधन गुड्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त खण्डसँगै बलेवा कुश्मिसेरा जाने शाखा सडकसमेत अवरुद्ध हुँदा पाँच दिनदेखि बागलुङको दक्षिण भेग सडक सम्पर्कसँग टुटेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

यही भदौ २ गते रातिको पहिरोले सडकमा थप क्षति पु¥याएकामा ३ गते सडक सञ्चालनमा ल्याउने प्रयास असफल भएपछि उक्त खण्ड अहिलेसम्म पूर्ण रुपमा ठप्प भएको उनले बताए । दब्ल्याङमा सडकको ट्र्याक करिब ४० मिटर बगाएको छ । उक्त पहिरोमा माटो पुरेर सडक खुलाइए पनि पानीपर्दा सडक अवरुद्ध हुने भएकाले दीर्घकालीन समाधानका उपाय अवलम्बन गर्नुपर्नेमा प्रहरी नायब उपरीक्षक यादवले जोड दिए ।

दब्ल्याङको पहिरोका कारण करिडोर र जैमिनी नगरपालिका आउने दुवै खण्ड बन्द भएपछि यहाँका स्थानीय झोलुङ्गे पुल तरेर कुश्मा हुँदै बागलुङ आउन बाध्य भएका बलेवा निवासी कृष्ण लामिछानेले बताए । “करिडोरका कारण गन्तव्यको टुङ्गो हुँदैन, कुश्मा पुगेर झोलुङ्गे पुल तरेपछि दुई घण्टा हिँडेर घर पुगिन्छ”, उनले भने, “बिरामी हुँदासमेत समयमा अस्पताल पु¥याउन बागलुङको दक्षिण भेगका स्थानीयलाई सास्ती भएको छ ।”

सडकको विकल्पमा पक्की पुल बनाउन यस वर्ष गण्डकी प्रदेशले ठेक्का लगाउने तयारी गरेको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए । उनका अनुसार करिडोरको दब्ल्याङमा गत असार २६ गतेदेखि लगातार लेदो बगिरहेको छ । लेदो पन्छाएर सडक खुलाए पनि पानी पर्दासाथ सडक अवरुद्ध हुँदै आएको उहाँले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा पछिल्लो पाँच दिनदेखि बागलुङको दक्षिण भेग जोड्ने बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको जिल्ला सदरमुकामसँगको सडक सञ्जाल टुटेको छ । दब्ल्याङको पहाड गहिरिएर पहिरो गएकाले बलेवा, भकुण्डे, कुश्मिसेरा र बरेङ जाने सवारीसाधन अलपत्र पर्दै आएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वि.सं.२०८१ भदौ ७ शुक्रवार १४:०६ मा प्रकाशित

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको...

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट सिर्जित संकट समाधान...

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली (तनहुँ) । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन...

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण आफन्तजन हराइरहेका...

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

काठमाडौं । रसुवा जोड्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काम...

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका मुख्य सडकहरू अझै पूर्ण...