back
CTIZAN AD

लुम्बिनी सरकारका मुख्य न्यायाधिवक्ताको शपथ

वि.सं.२०८१ भदौ १२ बुधवार

729 

shares

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता यमलाल खनालले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ कार्यक्रममा प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरको उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयले नवनियुक्त मुख्य न्यायाधिवक्ता खनाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर, उपसभामुख मेनुका खाँड केसीलगायत उच्चपदस्थ व्यक्तिहरु उपस्थित थिए ।

मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका अन्य सर्तसम्बन्धी ऐन, २०७५ बमोजिम खनाललाई शपथग्रहण गराइएको थियो । मुख्यमन्त्री आचार्यको सिफारिसमा प्रदेश प्रमुख घर्तिमगरले बुटवल उपमहानगरपालिका–९ निवासी खनाललाई यही भदौ ६ गते मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए । नेपालको संविधानको धारा, १६० को उपधारा, २ बमोजिम खनाललाई मुख्य न्यायाधिवक्ता प्रदेश प्रमुखले नियुक्त गरेका थिए ।

वि.सं.२०८१ भदौ १२ बुधवार १२:५१ मा प्रकाशित

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...