back
CTIZAN AD

पहिरोले साँफे-मार्तडी सडक अवरुद्ध, बाटो खुलाउन जोखिम

वि.सं.२०८१ भदौ १३ बिहीवार

858 

shares

अछाम । लगातारको वर्षाका कारण साँफे-मार्तडी सडक अवरुद्ध भएको छ । साँफेबगर नगरपालिका-१३ स्थित बुढाबगर पहिरो खस्दा सडक अवरुद्ध भएको हो । निरन्तर पहिरो खसिरहेकाले बाटो खुलाउन जोखिम बनेको छ ।

पहिरोका कारण बाजुराबाट धनगढी र धनगढीबाट बाजुरा जान लागेका यात्रुवाहक बस वारिपारि रोकिएका अछाम जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

उनले पहिरो खस्ने क्रम रोकिएपछि सडक खुलाउने प्रयास गरिने बताए । सडक अवरुद्ध भएसँगै बाजुराबाट बाहिरिने र भित्रिने सवारीसाधन रोकिएका छन् । योसँगै यात्रुले सास्ती खेप्नुपरेको छ । इलाका प्रहरी कार्यालय साँफेबगरका इन्चार्ज प्रहरी निरीक्षक खगेन्द्र साउदको कमाण्डमा प्रहरीको टोली पहिरोस्थलमा खटिएको जनाइएको छ ।रासस

 

वि.सं.२०८१ भदौ १३ बिहीवार १०:४८ मा प्रकाशित

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...