काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) भ्रष्टाचार मुद्दामा हदम्यादका विरुद्ध जाने भएको छ । संसद्को राज्य व्यवस्था समितिमा विचाराधीन भ्रष्टाचार नियन्त्रण ऐन-२०५९ को संशोधन विधेयकमाथि छलफल चलिरहेका छ ।
भ्रष्टाचार नियन्त्रणबारे सबै दलहरूले चर्को भाषण गर्ने गरे पनि हदम्यादबारे भने उनीहरू पक्ष र विपक्षमा उभिएका छन् । भ्रष्टाचारको मुद्दामा हदम्याद राख्न नहुने पक्षमा एकीकृत समाजवादीको पहिलो पूर्ण बैठकले प्रस्ताव पारित गरेको छ । सो पार्टीले भ्रष्टाचारको मुद्दामा हदम्याद नराख्ने कानुन निर्माण गर्न संसद्सँग माग समेत गरेको छ ।
वि.सं.२०८१ भदौ १४ शुक्रवार ११:३९ मा प्रकाशित




























