back
CTIZAN AD

नेपालमा खेलकुद संरचनाको विकास हुँदै गएको छ : अध्यक्ष ‘प्रचण्ड’

वि.सं.२०८१ भदौ १६ आइतवार

819 

shares

खजुरा (बाँके) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपालमा खेलकुद संरचनाको विकास हुँदै गएको बताएका छन् ।

आज बिहान नेपालगञ्ज रङ्गशालाको अनुगमन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ‘प्रचण्ड’ले नेपालगञ्ज रङ्गशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण रहेको उल्लेख गरे ।

पश्चिम नेपालमा खेलकुद संरचनाको विकास हुँदै जानु भनेको खेलकुदप्रेमीका लागि उल्लेख्य प्रगति भएको अध्यक्ष ‘प्रचण्ड’ले बताए । उनले भने, “यस क्षेत्रका खेलकुदप्रेमीलाई खेलप्रति थप आकर्षित गर्न नेपालगञ्ज रङ्गशालाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।”

यसवर्ष कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद हुने भएकाले नजिक पर्ने नेपालगञ्ज रङ्गशालामा पनि खेल पूर्वाधार आवश्यक पर्ने उल्लेख गर्दै अध्यक्ष ‘प्रचण्ड’ले नेपालगञ्ज रङ्गशालाको उपयोग गरेर फाइदा लिन खेलाडीलाई आग्रह गरे । खेलकुद व्यक्तिको स्वास्थ्य र देशको गौरवसँग जोडिएकाले आफ्नो पार्टीले सरकारमा हुँदा वा नहुँदा खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अघि बढेको उनले बताए ।

रङ्गशालाको अनुगमन गर्ने क्रममा विभिन्न खेलको अभ्यासमा गरिरहेका खेलाडीले अध्यक्ष ‘प्रचण्ड’लाई स्वागत गरेका थिए । उनीसँगै नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेत, चक्रपाणि खनाल, महेश्वर गहतराजलगायतको सहभागिता थियो ।

आज र भोलि नेपालगञ्जमा हुन लागेको माओवादी केन्द्रको लुम्बिनी प्रदेश परामर्श बैठकलाई सम्बोधन गर्न अध्यक्ष ‘प्रचण्ड’ शनिबार बेलुका सुर्खेतबाट नेपालगञ्ज आइपुगेका हुन् ।

वि.सं.२०८१ भदौ १६ आइतवार १३:४१ मा प्रकाशित

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...