काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को साधारण सदस्यबाट निलम्बनमा परेका मुकुल ढकालले पुनरावेदन गरेका छन् ।
पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट आफूलाई पदमुक्त गर्ने असार २५ गतेको निर्णय त्रुटिपूर्ण रहेको जिकिर गर्दै उनले आज पार्टीको पुनरावेदन समितिमा पुनरावेदन गरेका हुन् ।
ढकालले आफुलाई कारबाही गर्ने निर्णय पार्टीको अभिलेखबाट हटाई साविककै पदीय हैसियतमा काम गर्ने वातावरण मिलाइदिन निवेदनमा माग गरेका छन् ।
वि.सं.२०८१ भदौ १६ आइतवार १४:२४ मा प्रकाशित





























