back
CTIZAN AD

आठ किलो चाँदीका गहनासहित एकजना पक्राउ

वि.सं.२०८१ भदौ १९ बुधवार

600 

shares

सिरहा । स्रोत नखुलेको १० लाखभन्दा बढी मूल्य बराबरको चाँदीका विभिन्न गरगहनासहित एक जनालाई सिरहा प्रहरीले लहानबाट नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानले आइतबार बेलुका ७ बजे लहान-७ दुर्गामन्दिरबाट मोरङ उर्लाबारी नगरपालिका–५ का ३० वर्षीय दिपेन्द्र विश्वकर्मालाई करिब आठ केजी चाँदीको गहनासहित पक्राउ गरेको हो ।

चाँदीका गहना बोकेर लहान बजारबाट दुर्गा मन्दिरतर्फ आउँदै गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले पैदलयात्रीले बोकेको कालो रङको झोला जाँच गर्दा रू १० लाख ४० हजार मूल्य बराबरको चाँदीको गहनासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

प्रहरीले कहाँबाट र कसका लागि गहना ल्याएको भन्ने अनुसन्धान गरिरहेको र गरगहनासहित विश्वकर्मालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरी पठाउने तयारी भइरहेको जनाएको छ ।

विश्वकर्मा भरिया मात्र भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । उनले लहानकै व्यवसायीका लागि भारतबाट गहना ल्याएको प्रारम्भिक बयान दिएको प्रहरी प्रवक्ता सापकोटाले बताए । रासस

वि.सं.२०८१ भदौ १९ बुधवार ०७:४९ मा प्रकाशित

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...