back
CTIZAN AD

सीमा क्षेत्रको रेकर्ड नभएको नापी कार्यालयको खुलासा

वि.सं.२०८१ भदौ २१ शुक्रवार

1.3K 

shares

भद्रपुर । यहाँको नापी कार्यालयले एक महत्त्वपूर्ण सूचना आफ्नो कार्यालयमा नरहेको बताएको छ । वामपन्थी नेता तथा पुष्पलाल अध्ययन समाजका उपमहासचिव मुकुन्द आचार्यले सूचनाको हक प्रयोग गरी मागेको एक महत्त्वपूर्ण जानकारी सो कार्यालयले उपलब्ध गराउन नसकेको जनाएको हो ।

नापी कार्यालय भद्रपुरका प्रमुख नापी अधिकृत सुनिल आनन्दले आचार्यको निवेदनमा अन्तर्विरोध कुरा बोलेका छन् । उनले भनेका छन् ‘निवेदकले माग गरेको सम्बन्धमा यस कार्यालयमा यकिन तथ्याङ्क नरहेको साथै अन्तर्राष्ट्रिय सिमानासँग सम्बन्धित विषय रहेकोले सो विवरण कार्यालय स्तरबाट उपलब्ध गराउन नसकिएको ब्यहोरा अनुरोध छ ।’

झापा जिल्ला साबिक महेशपुर वडा न २ हालको भद्रपुर ३ र ७ को मेची खोलापारिको नेपाली भूमिको क्षेत्रफल के कति छ भनी निवेदनबाट माग गरेका आचार्यलाई निवेदनकै  कागजमा त्यस्तो जवाफ दिइएको छ ।

नेपालको राष्ट्रिय गानमा सङ्कुचन रहेको तथा मेची र महाकाली पारी  नेपालको भू भाग रहेको भन्दै राष्ट्रपति, प्रधानमन्त्री र दलका नेताहरूसँग आवाज उठाउँदै आएका आचार्य हालै नेपाली भू भागको अवस्था बुझन भद्रपुर पुगेका छन् । यस सम्बन्धमा संसार न्युजसँग आचार्यले भने ‘ राष्ट्रिय अखण्डताको विषयलाई यति हलुका लिनु खेदपूर्ण छ ।

वि.सं.२०८१ भदौ २१ शुक्रवार १३:१२ मा प्रकाशित

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...