काठमाडौं । आज मंगलबार घरेलु बजारमा पहेंलो धातु सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँमा रहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी,महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३० हजार ६६० रुपैयाँ कायम भएको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५१३ रुपैया कायम भएको छ ।
वि.सं.२०८१ भदौ २५ मंगलवार १२:४२ मा प्रकाशित