back
CTIZAN AD

‘संविधान’ नेपालीको राष्ट्रियभावना प्रतिनिधित्व गर्ने साझा दस्तावेज हो : सभामुख

वि.सं.२०८१ असोज ३ बिहीवार

873 

shares

काठमाडौं । सभामुख देवराज घिमिरेले लोकतन्त्रको मूल मर्म र नेपाली जनताको आकांक्षाको प्रतिबिम्ब रहेको नेपालको संविधानको इमान्दारितापूर्वक पालना गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

सभामुख घिमिरेले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासहितको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरणमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

‘नेपालको संविधानले सबै नागरिकलाई अधिकार प्रदान गरेको छ, हाम्रो संविधान अधिकारको वास्तविक स्रोत हो, संविधान कार्यान्वयनका लागि तत् तत् निकायले आफ्नो कर्तव्य निर्वाह गरेको अवस्थामा अधिकार खोज्न टाढा जानु पर्दैन’ शुभकामना सन्देशमा भनिएको छ, ‘तसर्थ नेपालको संविधान सबै नेपालीको राष्ट्रिय भावना प्रतिनिधित्व गर्ने साझा दस्तावेज हो ।’

सभामुख घिमिरेले संविधान बमोजिमका बाँकी कतिपय कार्यभार पूरा गरे पनि केही कानुन निर्माणको चरणमा रहेको र सङ्घीय संसद्ले संविधानको एक तिहाईभन्दा बढी धाराहरू कार्यान्वयनका लागि विभिन्न कानुन निर्माण गरिसकेको उल्लेख गरेका छन् ।

सन्देशमा संविधान कार्यान्वयनका लागि प्रदेश तथा स्थानीय तहबाट समेत कानुन बनाइएको उल्लेख गर्दै उनले भनेका छन्, ‘संविधान दिवसका दिन सम्पूर्ण राजनीतिक शक्तिलाई साझा विन्दुमा उभिएर बाँकी कानुन निर्माणमा समझदारी पहिल्याउन अपिल गर्दछु । संविधान जारी भएको १० वर्ष प्रवेश गरेसँगै संविधान कार्यान्वयनसँग सम्बन्धित अभ्यासहरू भइसकेका छन् । नयाँ संविधान बमोजिम तीनवटै तहका निर्वाचन सम्पन्न भएका छन् । लोकतान्त्रिक मूल्य र सङ्घीयतामा आधारित शासन प्रणालीलाई स्थापित गरेको नेपालको संविधान कार्यान्वयनको चुनौतीपूर्ण अवस्था समेत पार भएको छ ।’

सभामुख घिमिरले नेपाललाई लोकतान्त्रिक शासन व्यवस्थासम्म ल्याउन भएका आन्दोलन तथा सङ्घर्षहरूमा आफ्नो जीवनको उत्सर्ग गर्नुहुने सम्पूर्ण शहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरेका छन् ।

वि.सं.२०८१ असोज ३ बिहीवार ११:२३ मा प्रकाशित

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवा । सरद्धकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल,...

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

चितवन । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको...

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७३४ पुगेको...

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

काठमाडौं । रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेको भोटेकोसी नदीमा...

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

धादिङ । प्रलयकारी बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

काठमाडौं । गत २६ अगस्टमा भोटेकोसी–त्रिशूली नदी बेसिनमा आएको विनाशकारी...