काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्य आज भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा रु एक हजार पाँच सयले बढेको छ ।
बिहीबार प्रतितोला रु एक लाख ५५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आज शुक्रवारका लागि भने रु एक लाख ५७ हजार एक सय निर्धारण भएको छ ।
यस्तै चाँदीको मूल्य आज तोलामा रु ३५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार आठ सय ८० मा कारोबार भएको चाँदी आज भने रु एक हजार नौ सय १५ निर्धारण भएको छ ।
वि.सं.२०८१ असोज ४ शुक्रवार ११:४७ मा प्रकाशित