back
CTIZAN AD

एडिबीद्वारा भारतको जल संरक्षणका लागि सहयोग स्वीकृत

वि.सं.२०८१ असोज ४ शुक्रवार

690 

shares

मनिला । जलस्रोत व्यवस्थापन, पानीमा पहुँच तथा जलवायु परिवर्तनका प्रभावलाई सुधार गर्न एसियाली विकास बैङ्क (एडीबी) ले भारतका लागि शुक्रबार ५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

भारतको मेघालय राज्यमा जलवायु–अनुकूल समुदाय–आधारित जल–सङ्कलन परियोजनाले मौसमको जोखिम व्यवस्थापन गरी जलसञ्चय प्रणाली गुरूयोजना विकास गर्न मद्दत गर्ने एडिबीले जनाएको छ ।

आयोजनाले १२ जिल्लामा ५३२ वटा पानी भण्डारण सुविधा निर्माण गर्न सहयोग गर्ने बैङ्कले जनाएको छ। मनसुनको समयमा जलवायु परिवर्तन, भारी वर्षा र बाढीलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्षम बनाइने उल्लेख गरिएको छ ।

भण्डारण गरिएको पानीले हिउँदे सुख्खा मौसममा सिँचाइको पानी उपलब्ध गराउने र मनसुनको समयमा बाढी व्यवस्थापनमा फाइदा पुग्ने जनाइएको छ ।

परियोजनाले अन्तरर्गत एडीबीले कृषकलाई भरपर्दो सिँचाइ क्षेत्र उपलब्ध गराउने कम्तीमा तीन हजार हेक्टर ‘कमाण्ड एरिया’ पनि विकास गर्ने जनाएको छ ।(रासस/सिन्ह्वा)

वि.सं.२०८१ असोज ४ शुक्रवार १५:४० मा प्रकाशित

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...