back
CTIZAN AD

कम्युनिष्ट पार्टीमा विकृति मौलाउँदै गएकोमा अध्यक्ष नेपालको चिन्ता

वि.सं.२०८१ असोज ४ शुक्रवार

1.1K 

shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक अस्थिरताका कारण अहिलेको व्यवस्थाविरुद्ध अनेकौँ शक्तिहरु लागि परेकाले लोकतान्त्रिक शक्तिबीच समन्वय र एकताको आवश्यकता रहेको बताएका छन् ।

पार्टीको बागमती प्रदेश कमिटीद्वारा आज आयोजित दशौँ राष्ट्रिय महाधिवेशनको सन्देश सभामा अध्यक्ष नेपालले जनताले लामो समयसम्म गरेको सङ्घर्ष, त्याग र बलिदानका कारण अहिलेको उपलब्धि हासिल भएको बताए ।

कम्युनिष्ट पार्टीमा विकृति मौलाउँदै गएकाले त्यसैलाई सुधार्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले भ्रष्टाचार, व्यक्तिवाद, कुशासनको अन्त्य गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गरे । मुलुकको राष्ट्रियता, अखण्डता साथै जनताको सार्वभौम अधिकार कमजोर बनाउने गरी संविधान संशोधन हुन नसक्ने उनको भनाइ छ ।

सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालको कम्युनिष्ट आन्दोलनको विकासक्रममा आफ्नो पार्टीले वैज्ञानिक समाजवाद अवलम्बन गरेको बताउँदै क्रान्तिकारी कार्यशैली सशक्त पार्टी निर्माणको प्रक्रिया अगाडि बढाउनुपर्ने बताए ।

वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले नेपाली जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न समाजवादको कार्यान्वयनमा जोड दिए । उनले हालै सम्पन्न महाधिवेशनले सहमति र अग्रगमनको जनादेश दिएको बताउँदै नीति तथा कार्यदिशाअनुसार निम्न श्रमिक वर्गको हितमा कार्य गर्नुपर्नेमा जोड दिए ।

महासचिव घनश्याम भुसालले संविधान जारी भएको एक दशकमा अपेक्षाकृत प्रगति हुन नसक्दा मुलुकको समग्र वाम आन्दोलनमा र हामीले गरेको विद्रोहमा चुनौती थपिएकाले वर्गीय विभेद, सामाजिक शोषणविरुद्ध सङ्घर्ष गर्ने कम्युनिष्ट पार्टीको खाँचो औँल्याए । मुलुकमा भर पर्दो नेता नभएकाले सङ्घीय गणतान्त्रिक लोकतन्त्र र समाजवाद नेतृत्वविहीन रहेको विचार व्यक्त गरे ।

पार्टी सचिव एवं कार्यक्रमका संयोजक सावित्रा भुसालले मुलुकको समसामयिक राजनीतिक तथा कार्यक्रमका विषयवस्तुमा जानकारी गराइन् ।

 

वि.सं.२०८१ असोज ४ शुक्रवार १९:०७ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...