back
CTIZAN AD

मुकुलको आह्वान : सहकारी ठग समातेर प्रहरीलाई बुझाइदिनुस्

वि.सं.२०८१ असोज ७ सोमवार

1.3K 

shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री डा. मुकुल ढकालले सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाउन आग्रह गरेका छन् ।

कुनै व्यक्ति विशेषको ‘ठगी’ जोगाउन पार्टी प्रयोग हुन नहुनेमा जोड दिँदै उनले सामाजिक सञ्जालमार्फत ‘सहकारी ठग’लाई समातेर प्रहरीमा बुझाउन रास्वपा कार्यकर्तालाई आग्रह गरेका हुन् ।

ढकालको फेसबुक पोस्ट रास्वपा सभापति रवि लामिछानेलक्षित हो । उनले लामिछानेको नाम उल्लेख नगरी भनेका छन्, ‘हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईँहरूलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाइदिनुस्, ताकि कानुनभन्दा माथि कोही हुनु हुन्न भनेर हामीले देखाउन खोजेको बाटो थप चौडा बन्न सकोस् ।’

ढकालले विधिको शासन स्थापनाका निम्ति आफूहरूले पार्टी बनाएको उल्लेख गर्दै रास्वपा कार्यकर्ताको ऊर्जा सहकारी ठगको बचाउका निम्ति खर्च हुनु दुर्भाग्यपूर्ण भएको समेत बताएका छन् ।

‘हामीले बनाएको पार्टी भ्रष्ट, ठग, दलाल र अपराधीको संरक्षणको लागि होइन, बल्की तिनीहरूको अन्त्य गर्दै विधिको शासन स्थापनाको लागि हो । तपाईँहरूको ऊर्जा एउटा सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण हो,’ उनले भनेका छन् ।

उनले यो समय विधिको शासन स्थापना गर्ने बेला भएको बताएका छन् । ‘यो समय विधिको शासन स्थापना गर्ने बेला हो । ठग जोसुकै होस्, हाम्रै पार्टीको किन नहोस्, जेलमा कोच्ने बेला हो । कुनै व्यक्ति विशेषको ठगी जोगाउनका लागि पार्टी प्रयोग हुनु हुँदैन, गर्नु हुँदैन,’ उनले भनेका छन् ।

वि.सं.२०८१ असोज ७ सोमवार १२:३७ मा प्रकाशित

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा बाढी तथा...

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...