back
CTIZAN AD

त्रिवेणीमा बस दुर्घटना हुँदा २३ जना घाइते

वि.सं.२०८१ असोज ८ मंगलवार

879 

shares

त्रिवेणी (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौँबाट भारतको राजस्थान तर्फ जाँदै गरेको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक दुर्घटनामा भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज विहान आरजे १४ पिसी ३५४५ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको थियो । बस पल्टिँदा बसका २३ जना यात्रु घाइते भएका छन् ।

बसमा करिब ४५ जना यात्रु सवार रहेकामा अन्य यात्रु भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । घाइतेको स्थानीय विनियी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको उनले बताए । रासस

वि.सं.२०८१ असोज ८ मंगलवार ०७:१८ मा प्रकाशित

मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी,...

अविरल वर्षापछिको पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

अविरल वर्षापछिको पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न...

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

काठमाडौँ । नेपाली सेनाले जटिल भूबनोट भएका ३२ सडक आयोजनाका...

सरकार र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति, यी हुन् सहमतिका बुँदा

सरकार र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति, यी हुन् सहमतिका बुँदा

जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी...

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....