back
CTIZAN AD

खाद्यद्वारा ‘सुपथ मूल्य पसल’ सञ्चालन

वि.सं.२०८१ असोज ८ मंगलवार

774 

shares

फुङ्लिङ (ताप्लेजुङ) । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यहाँ ‘सुपथ मूल्य पसल’ सञ्चालनमा ल्याएको छ । चाडपर्व लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालन गरेको हो ।

दशैँ, तिहार, नेपाल संवत्, छठ, चासोक तङ्नाम, ल्होसारलगायत चाडपर्वलाई ध्यानमा राखी माघ २ गतेसम्मका लागि सुपथ मूल्यमा खाद्य सामग्री बिक्री सुरु गरिएको कम्पनीकी प्रबन्धक सुधा थापा खत्रीले जानकारी दिइन् ।

उनका अनुसार स्टिम जिरा मसिनो र सोना मन्सुली चामलमा प्रतिकिलो रु पाँच छुट गरिएको छ । योसँगै स्टिम जिरा मसिनो चामलको मूल्य प्रतिकिलो रु ९४ बाट घटाएर रु ८९ तोकिएको छ । २५ किलोको एक प्याकेट जिरा मसिनो चामल रु दुई हजार दुई सय २५ मा पाइने कम्पनीले जनाएको छ । सोना मन्सुली चामलको मूल्य प्रतिकिलो रु ६५ बाट घटाएर रु ६० तोकिएको छ । जसअनुसार २५ किलोको मन्सुली चामलको प्याकेटलाई रु एक हजार पाँच सय पर्नेछ ।

खाद्य कम्पनीका अनुसार हाल ३४२ दशमलव पाँच क्विन्टल स्टिम जिरा मसिनो र एक सय ४१ दशमलव पाँच क्विन्टल सोना मन्सुली चामल मौज्दात छ । ताप्लेजुङ कारागारमा सिदाबापत आवश्यक चामलका लागि कम्पनीले ६० देखि ७० क्विन्टल सुरक्षित गरी बाँकी सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ ।

त्यसैगरी, भोजपुरमा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व लक्षित सुपथ मूल्य पसल सुरु गरेको छ । छुट मूल्यमा खाद्य सामाग्री बिक्री सुरु गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड भोजपुरका प्रमुख सन्तोषकुमार साहले जानकारी दिए । प्रमुख साहका अनुसार उपभोक्ताले विगतको तुलनामा प्रतिकिलो रु पाँच छुट पाउनेछन् ।

प्रमुख साहले भने,“हामीसँग खाद्यान्न मौज्दात रहेकाले यस वर्ष चाडपर्वमा विगतमा जस्तै खाद्यान्न अभाव हुँदैन ।” यहाँ हाल स्टिम जिरा मसिनो चामल र अरुवा सोना मन्सुली चामल गरी छ सय क्विन्टल चामल मौज्दात छ ।

छुट मूल्यअनुसार स्टिम जिरा मसिनो चामल प्रतिकेजी रु ८५ र अरुवा सोना मन्सुली चामल प्रतिकेजी रु ६० मा पाइने जनाइएको छ । भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले विगतमा जस्तो खाद्यान्न लिन आउँदा लाइन बस्नुपर्ने बाध्यता नरहेको र चाडपर्व लक्षित सुपथ मुल्य पसलले भोजपुरवासीलाई सुविधा पुग्ने बताए ।

नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायतका उपस्थितिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ पसल शुभारम्भ गरेको थियो । रासस/फाइल फाेटाे

वि.सं.२०८१ असोज ८ मंगलवार १२:०९ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...