back
CTIZAN AD

पर्यटन प्रवर्द्धक जर्ज नेपालको सदभावनादूत नियुक्त

वि.सं.२०८१ असोज १० बिहीवार

795 

shares

काठमाडौं । विश्वका विभिन्न मुलुकबाट चीनमा पर्यटक भित्र्याउने अभियानमा सक्रिय पर्यटन प्रवर्द्धक प्रोफेसर वोल्फगाङ जर्ज अलर्ट प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको सद्भावनादूत र विशेषज्ञ सल्लाहकारमा नियुक्त भएका छन् ।

चाइना आउटबाउन्ड टुरिजम रिसर्च इन्स्टिच्युटका संस्थापक जर्जलाई चीनका लागि सद्भावनादूत र विशेषज्ञ सल्लाहकारका रूपमा नियुक्त गरिएको पाटा नेपालले विज्ञप्तिमार्फत जनाएको छ । नेपालका लागि चीनको महत्वपूर्ण आउटबाउन्ड पर्यटन सम्भाव्यताको कदरस्वरुप, पाटा नेपाल च्याप्टरको हालैको कार्यकारी समितिको बैठकले प्रो जर्जलाई उक्त मानार्थ पद प्रदान गरेको हो ।

जर्जलाई सद्भावनादूतको रुपमा घोषणा गर्न पाउँदा आफूहरु हर्षित भएको र यसले नेपालमा चिनियाँ पर्यटक भित्र्याउन मद्दत पुग्ने पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लकाईले बताए । उनले भने, “जर्जको क्षमता, ज्ञान, व्यापक नेटवर्क तथा दशकौँ लामो विशेषज्ञताले नेपालको पर्यटन क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउनेछ र हाम्रो पर्यटन प्रवर्द्धन तथा अनुसन्धान पहललाई अगाडि बढाउन भूमिका खेल्नेछ ।”

प्रो जर्जले चीनलगायत विश्वका विभिन्न मुलुकबाट बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याउन भूमिका खेल्ने अध्यक्ष लकाईले विश्वास व्यक्त गरे । “नेपाल आकर्षक प्राकृतिक सौन्दर्य, विविध सांस्कृतिक आकर्षण र न्यानो आतिथ्यको गन्तव्य हो”, उनले भने, “यसले चीन र विश्वभरका आगन्तुकहरूको लागि एक अद्वितीय अनुभव प्रदान गर्दछ ।”

जर्जले सन् १९७८ मा चीनको पहिलो भ्रमण गरेका थिए । उदार र खुला नीतिका कारण चीन अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रुपमा विकास भएको छ । प्रो जर्जले टुर अपरेटरको रूपमा सुरुमा जर्मनीका पर्यटकलाई चीनमा ल्याए । त्यसपछि जर्जले युरोपमा चिनियाँ व्यापार प्रतिनिधिमण्डलको नेतृत्व लिएर काम गरे । त्यसपछि उनी चीन, जर्मनी, बेलायत र न्यूजील्याण्डमा अन्तर्राष्ट्रिय पर्यटन व्यवस्थापनको प्राध्यापक बनेर प्राज्ञिक भूमिका निर्वाह गर्दै आएका छन् । साथै उनले चीनसँग सम्बन्धित धेरै सम्मेलन, मेला, प्रदर्शनी र अन्य कार्यक्रम आयोजना गरेको विज्ञप्तिमा उल्लेख छ ।रासस

वि.सं.२०८१ असोज १० बिहीवार १४:२२ मा प्रकाशित

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...