back
CTIZAN AD

माझगाउँमा भवन उद्घाटन र भलिबल प्रतियोगिता हुँदै

वि.सं.२०८१ असोज १० बिहीवार

1.5K 

shares

काठमाडौँ । पर्वतको विहादी गाउँपालिका-६, शालिग्राम स्थित माझगाउँमा बृहत् सांस्कृतिक कार्यक्रमसहित भवन तथा खेलमैदान उद्घाटन एवं पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

क्लबका अध्यक्ष प्रेम सोनी सुनारले विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा पृथ्वी युवा क्लबको आयोजनामा यही आश्विन २८ गतेदेखि सांस्कृतिक कार्यक्रमसहित भवन उद्घाटन तथा पुरुष भलिबल प्रतियोगिता सुरु हुने जानकारी दिए ।

उनले आश्विन २८ गते सांस्कृतिक कार्यक्रमसहित क्लबको भवन उद्घाटन, वडा स्तरीय भलिबल प्रतियोगिताको उद्घाटन हुने बताए । उनले ३५ वर्ष उमेर समूह भन्दा तलका र माथिकाको छुट्टाछुट्टै प्रतियोगिता आयोजना गरिएको बताए ।

खेल संयोजक सुजल विश्वकर्माले पैत्तिस वर्ष भन्दा कम उमेर समूह अन्तर्गत भलिबल प्रतियोगितामा पहिलो हुनेले ५२ हजार, दोस्रो हुनेले ४२ हजार, तेस्रो हुनेले २४ हजार र सान्त्वना हुनेले १२ हजार प्राप्त गर्ने छन् भने सबै विजेता समूहले ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताए । उनले ३५ वर्ष माथिको भलिबल प्रतियोगिताको विजेताले बोका र उपविजेताले पाठा प्राप्त गर्ने बताए ।

यस्तै कार्यक्रम संयोजक आर्जु सोनीका अनुसार खुल्ला नृत्य प्रतियोगितामा पहिलो हुनेले तीन हजार, दोस्रो हुनेले दुई हजार र तेस्रो हुनेले एक हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्ने छन् ।

क्लबका सचिव सूर्यबहादुर विश्वकर्माले सुनारले कार्यक्रममा सहभागी भइदिनका लागि खेलाडी, समाजसेवी, शुभचिन्तक, आम सर्वसाधारण, सङ्घसंस्थाका प्रतिनिधि सबैलाई आग्रह गरेका छन् ।

वि.सं.२०८१ असोज १० बिहीवार १७:४५ मा प्रकाशित

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई नयाँ सुविधाः अब ‘र्यापिड’ प्लेटफर्ममार्फत सबै बैंकिङ सेवा एउटै ठाउँमा

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई नयाँ सुविधाः अब ‘र्यापिड’ प्लेटफर्ममार्फत सबै बैंकिङ सेवा एउटै ठाउँमा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका कर्पोरेट ग्राहकहरूले अब विभिन्न...

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

काभ्रेपलाञ्चोक । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन...

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ । विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ...

सङ्कल्प र लगनले चुम्दै सफलता

सङ्कल्प र लगनले चुम्दै सफलता

महोत्तरी । साहुले ऋण नपत्याउँदा विदेश जान नपाएर तरकारीखेतीमा लागेका...

तोलामा चार सयले बढ्यो सुनको मूल्य

तोलामा चार सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य तोलामा रु...