back
CTIZAN AD

भीरकोटमा तीन करोडको बहुउद्देश्यीय भवन बन्दै

वि.सं.२०८१ असोज १२ शनिवार

870 

shares

गल्याङ (स्याङजा) । स्याङ्जाको भीरकोट नगरपालिका–१ बयरघारीमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण हुने भएको छ । क्षेत्री समाज नेपाल केन्द्रीय समिति र भीरकोट नगर कार्यसमितिका संयुक्त साझेदारीमा तीन तले भवन बन्न लागेको क्षेत्री समाज भीरकोटका अध्यक्ष मीनबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार सात हजार एक सय ६५ वर्गफिट क्षेत्रफलमा फैलने भवन रु तीन करोडको लागतमा निर्माण हुनेछ । “भवन क्षेत्री समाजले निर्माण गरे पनि सबै जातजातिले प्रयोग गर्न पाउँछन्”, उनले भने, “भवन निर्माणमा लाग्ने सबै खर्च शुभेच्छुकहरूसँग सङ्कलन गरिने छ ।”

क्षेत्री समाज भीरकोटका सचिव लेखबहादुर केसीले भवन निर्माणका लागि नगरपालिकाले रु १० लाख विनियोजन गरेको र शुभेच्छुकबाट हालसम्म रु १२ लाख सहयोग जुटेको बताए । उनले भने, “हामीले बहुउद्देश्यीय भवनको शिलान्यास भएको छ । अबको दुई वर्षभित्र आर्थिक सहयोग जुटाएर भवन निर्माणको काम सम्पन्न हुनेछ ।”

सामुदायिक भवनमा सात सय अट्ने सभा हल, कार्यालय भवन, व्यापारिक सटर रहने छन् । भवनको भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्य र समाजका अध्यक्ष केसीले संयुक्त रूपमा शिलान्यास गरेका थिए । भवन निर्माण सम्पन्नपछि सर्वसाधारण, सङ्घसंस्थालाई विभिन्न कार्यक्रम गर्न र व्यापार गर्न सहज हुने अपेक्षा राखिइएको छ ।

वि.सं.२०८१ असोज १२ शनिवार १६:०९ मा प्रकाशित

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...