back
CTIZAN AD

सुनकोशी र रोशीमा ७० वर्षपछि भयानक बाढी

वि.सं.२०८१ असोज १३ आइतवार

837 

shares

काठमाडौं । रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन् । जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत् आयोजना, ठूला-साना पक्की र झोलुङ्गे पुलमा धेरै हानी भएको छ । सत्तरी वर्षअघि यस्तै बाढी देखेको स्थानीय ज्येष्ठ नागरिकहरूले बताएका छन् ।

बाढीबाट खुर्काेट बसपार्क डुबेको छभने रामेछाप जाने खुर्कोटको पक्की पुल पनि बगेको छ । बाढीले गाउँबस्तीलाई बगरमा परिणत गरेको छभने धानबाली नष्ट भएको छ ।

सुनकोशीको बाढीले दुम्जाफाँट, खुर्काेट, मुलकोट, दिङ्दिङबेँसी, कुखुरेटार, च्याकुटार, सुम्नाङबेँसी, खाङ्साङलगायत गाउँबस्तीका साथै अन्य स्थानका भौतिक पूर्वाधारमा क्षति भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताए ।

बाढी प्रभावित क्षेत्रमा स्थानीय र सुरक्षाकर्मीको सहयोग तथा समन्वयमा खोजी र उद्धार जारी रहेको तथा वर्षा रोकिएसँगै अवरुद्ध बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग सञ्चालनको प्रयास आजदेखि प्रारम्भ गरिने उनले बताए ।

बिपी राजमार्गअन्तर्गत सिन्धुलीदेखि मुलकोटसम्म अवरोध नरहेका तथा दुम्जा क्षेत्रमा भत्किएको सडक मर्मत गर्न सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी र सडक विभागको सहकार्यमा यथाशीघ्र बाटो खोलिने उनले बताए ।

प्रभावित क्षेत्रका विपद्मा परेका नागरिकलाई राहत र उद्धारका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय भइरहेको छ ।

भत्किएको सडक र पुल मर्मत गरी यथाशीघ्र यातायातका साधन सञ्चालनका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट र अन्य सहायताका निम्ति अनुरोध गरिएको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले बताए । रासस

वि.सं.२०८१ असोज १३ आइतवार ०८:४६ मा प्रकाशित

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवा । सरद्धकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल,...

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

चितवन । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको...

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७३४ पुगेको...

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

काठमाडौं । रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेको भोटेकोसी नदीमा...

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

धादिङ । प्रलयकारी बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

काठमाडौं । गत २६ अगस्टमा भोटेकोसी–त्रिशूली नदी बेसिनमा आएको विनाशकारी...