back
CTIZAN AD

इटहरीका दश परिवार नाङ्लो बुनेर लोभलाग्दो आम्दानी गर्दै

वि.सं.२०८१ कात्तिक २ शुक्रवार

639 

shares

धरान (सुनसरी) । इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका १० परिवारले नाङ्लो बुन्ने पुख्र्यौली पेसा अपनाएका छन् । व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका राई परिवारले लोभलाग्दो आर्जन पनि गरेका छन् ।

सोही स्थानका वसन्त राई दुई दशकदेखि नाङ्लो बुन्दै आउनुभएको छ । भोजपुर होम्ताङका उनको व्यवसाय नै नाङ्लोको व्यापार हो । नाङ्लो बेचेर उनले घरव्यवहार चलाउँदै आएका छन् । इटहरी सुनौलो बस्तीमा होम्ताङबाट आएका राई जातिको बाहुल्य छभने सबैको आम्दानीको स्रोत नै नाङ्लोे बुन्ने र बेच्ने भएको छ । उनले तालतलैया, खोर्सानेघाटबाट बाँस ल्याउने गर्नुभएको छभने केही आफैँले पनि रोप्नुभएको छ । उहाँले दैनिक १० वटासम्म नाङ्लो बुन्ने गरेको बताए ।

एक पटकमा दुई सय वटासम्म बिक्रीका लागि नाङ्लो लैजाने गरेको तथा महिनामा रु २० देखि २५ हजारसम्मको नाङ्लो बिक्री गर्दै आएको उनले बताए । एउटा नाङ्लो रु एक सय ५० देखि दुई सयसम्ममा बिक्री हुने गरेको छ ।
नाङ्लो विशेषगरी असोज–कात्तिकमा धेरै बिक्री हुने गरेको, यसको कमाइले घरखर्च पुगेको अर्का उद्यमी विक्रम राईले बताए । उनले ग्राहकको मागअनुसार नाङ्लो बनाउने गरेको बताए । धरान, विराटनगर, पथरीलगायत क्षेत्रका ग्राहकले नाङ्लो माग गर्दै आएका छन् ।

नाङ्लो व्यवसायी कोपिला राई बजारमा नाङ्लोको माग बढे पनि मूल्य यथावत् रहेको बताउँदै अब लागतअनुसार दाम पनि बढाउन आवश्यक भएको बताउछन् । पुख्र्यौली पेसालाई निरन्तरता दिँदै आउनुभएका विक्रम राईले महिनामा दुई सयभन्दा बढी नाङ्लो बेच्ने गरेका छन् ।

नाङ्लो बनाउने बाँस पाउन गाह्रो भएको एउटा सिङ्गो बाँस रु दुई सयसम्म पर्ने गरेको जानकारी दिँदै उनले एउटा बाँसबाट १० वटासम्म नाङ्लो बनाउन सकिने बताउनुभयो । “आफ्ना उत्पादन बोकेर गाउँ डुल्नु पर्दैन, घरमा नै आएर व्यापारीले लैजान्छन् । मेहनतअनुसारको कमाइ हुन्छ,” नाङ्लो बुनेर घरखर्च चलाउँदै आउनुभएका विक्रमले घरका सबैले नाङ्लो बुन्ने गरेका जानकारी दिँदै भने ।

वि.सं.२०८१ कात्तिक २ शुक्रवार १०:३५ मा प्रकाशित

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाको अध्यक्ष पद रिक्त भएको छ...

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...