back
CTIZAN AD

अमेरिकाले दियो क्रिकेटर लामिछानेलाई भिसा

वि.सं.२०८१ कात्तिक २ शुक्रवार

693 

shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । लामिछानेलाई क्रिकेट वर्ल्डकप लिग टू सिरिजका लागि दिएको हो ।

लिग टू अन्तरगत अमेरिका, स्कटल्याण्ड र नेपालको सिरिज अक्टोबर २५ देखि सुरु हुने छ । नेपालले २७ अक्टोबरमा घरेलु टोली अमेरिकासँग खेल्ने तालिका रहेको छ ।

 

उनी आज बेलुका नै अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । नेपाली टोलीका अरु सदस्य अमेरिकामै छन् । लिग टूको क्यानडा सिरिज खेलेर अरु खेलाडी अमेरिका गएका थिए । नेपाली टोलीले अमेरिकासँग टी–२० सिरिज खेलिरहेको छ ।

तर भिसा नपाएका कारण सन्दीप भने क्यानडाबाट नेपाल आएका थिए ।

 

अमेरिकाले टी–२० विश्वकपका बेला समेत सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । त्यही कारण अमेरिकामा भएको विश्वकपका दुई खेल उनले गुमाएका थिए । तर बाँकी खेल खेल्न भने वेष्टइण्डिज पुगेका थिए ।

 

वि.सं.२०८१ कात्तिक २ शुक्रवार १६:२४ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...