back
CTIZAN AD

खेलाडीको मनोबल बढाउन भलिबल खेलाडीबीच प्रतिस्पर्धात्मक खेल हुँदै

वि.सं.२०८१ कात्तिक ६ मंगलवार

750 

shares

रामपुर (पाल्पा) । पाल्पामा खेलकुदका क्रियाकलाप बढ्दै गएका छन् । खेलकुदमा खेलाडीको मनोबल बढाउन प्रतिस्पर्धात्मक रुपमा विभिन्न खेल सञ्चालन भइरहेका छन् ।

मण्डली स्पोर्टस क्लब पूूर्वखोला–१ सिलुवाको आयोजनामा पाल्पामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीबीच प्रतिस्पर्धात्मक रुपमा खेल हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीबीच प्रतिस्पर्धात्मक हुनेगरी खुल्ला क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोेगिता सञ्चालन हुने भएपछि खेलप्रेमीमा उत्साह बढेको छ ।

यही कात्तिक २१ देखि २४ गतेसम्म आठौँ मण्डली कप २०८१ सञ्चालन गर्न लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीको सहभागिता रहनेछ । क्लबमार्फत जुनसुकै स्थानका खेलाडी पनि प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने अवसर रहेको आयोजकले बताएको छ ।

प्रतियोगितामा विभागीय टोलीबाहेक अन्य जुनसुकै क्लबले पनि प्रतिस्पर्धा गर्न पाउने र विभागीय क्लबका खेलाडी पनि अन्य क्लबमार्फत प्रतियोगितामा सहभागी हुन पाउनेछन् । पुरुषतर्फ छ क्लब र महिलातर्फ चार क्लबको सहभागिता रहने क्लबका अध्यक्ष एवम् भलिबलका राष्ट्रिय रेफ्री अनन्तप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा १४ खेल हुनेछ । रासस फाइल फोटो

पुरुष भलिबल प्रतियोगितातर्फ प्रथम हुनेलाई रु एक लाख ५० हजार, द्वितीय पुरस्कार रु एक लाख, तृतीय पुरस्कार रु ७० हजार र सान्त्वना पुरस्कार रु ३५ हजार रहेको क्लबका सचिव कृष्णप्रसाद पँगेनीले बताए । यस्तै, महिलातर्फ प्रथम पुरस्कार रु ३० हजार, द्वितीय पुरस्कार रु २० हजार, तृतीय पुरस्कार रु १० हजार र सान्त्वना पुरस्कार रु पाँच हजार रहेको छ । रासस

 

वि.सं.२०८१ कात्तिक ६ मंगलवार १३:४७ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...