back
CTIZAN AD

एक वर्षमा चार हजारले लिए नागरिकता

वि.सं.२०८१ कात्तिक ८ बिहीवार

750 

shares

 

जुम्ला । जुम्लाबाट एक वर्षको अवधिमा चार हजारभन्दा बढीले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । गत आर्थिक वर्षमा चार हजार एक सय ६२ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका कम्युटर अपरेटर हेमन्त पुलामीले जानकारी दिए ।

यस्तै चालु आवको असोज मसान्तसम्म एक हजार आठ सयभन्दा बढीले नागरिकता लिइसकेको उनले बताए । कम्युटर अपरेटर पुलामीले भने,“चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म एक हजार आठ सय ६३ जनालाई नागरिकताको प्रमाणपत्र दिएका छौँ । १६ जनाले नाबालक प्रमाणपत्र लिएकाछन् ।” यस्तै यस अवधिमा तीन सय ३१ जनाले राहदानी र एक हजार दुई सय २९ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैगरी कार्यालयमा सो अवधिमा ५१ वटा गुनासो वा ठाडो उजुरी परेका छन् । गत आवमा दुई सय २५ वटा गुनासो वा ठाडो उजुरी परेका थिए ।

राहदानी बनाउनेको सङ्ख्या बढ्दो

जिल्लामा राहदानी बनाउनेको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार आव २०७७/०७८ देखि २०८१/०८२ को असोज मसान्तसम्म कूल तीन हजार सात सय ५६ जनाले राहदानी लिएका छन् ।

राहदानी लिनेमध्ये धेरैजसो वैदेशिक रोजगारीका लागि जाने गरेका छन् । बाँकी कर्मचारी, उच्चपदस्थ व्यक्तिहरूले वैदेशिक भ्रमणका लागि राहदानी लिने गरेको कार्यालयका राहदानी फाँटका खरिदार नरबहादुर बुढाले बताए ।

प्रशासन शाखाका अनुसार चालू आव २०८१/८२ को असोज मसान्तसम्म मात्रै छ सय ३२ जनाले राहदानी लिइसकेका छन् । तीमध्ये एक सय ५७ महिला र चार सय ७५ पुरूष छन् । आव २०८०/८१ मा सात सय ८३ जनाले राहदानी बनाएका थिए । तीमध्ये एक सय ४२ जना महिला र छ सय ४१ जना पुरूष रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्याङ्कमा उल्लेख गरिएको छ । रासस

वि.सं.२०८१ कात्तिक ८ बिहीवार ०७:४२ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...