back
CTIZAN AD

बजेट प्राप्त नभएपछि पर्यटकीय पूर्वाधार बनाउन महायज्ञ

वि.सं.२०८१ कात्तिक ९ शुक्रवार

1K 

shares

गलकोट (बागलुङ) । प्रचारप्रसार र पूर्वाधार अभावले ओझेलमा परेको बागलुङकोे पर्यटकीयस्थल गाजा दहको संरक्षण गर्न स्थानीय एकजुट भएका छन् ।

सरकारीस्तरमा दुई वर्षयता पूर्वाधारका लागि बजेट प्राप्त नभएपछि स्थानीयले श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना गरेर अर्थ सङ्कलनको प्रयास थालेका छन् । जैमिनी नगरपालिका–३ स्थित गाजाको दहको संरक्षण, प्रचारप्रसार र सिद्ध बराहको पुनःनिर्माणका लागि ‘गाजा दह सिद्ध बराह श्रीमद्भागवत ज्ञान महायज्ञ’ हुन लागेको वडाध्यक्ष कृष्ण भुजेलले जानकारी दिए । आगामी मङ्सिर ८ देखि १४ गतेसम्म महायज्ञ हुनेछ ।

“प्राकृतिक र धार्मिक रूपमा महत्त्वपूर्ण गाजाको दहलाई उजागर गर्न पर्यटकीय पूर्वाधार निर्माणमा महायज्ञले सहयोग पुर्याउनेछ, दहलाई धार्मिक केन्द्रका रूपमा विकास गर्ने र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने हाम्रो मुख्य उद्देश्य हो”, उनले भने ।

अनुसार धार्मिक आस्थासँग जोडिएर देशविदेशमा रहेका स्थानीयले पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका महायज्ञ मूल आयोजक समितिका अध्यक्ष लोकबहादुर छन्त्यालले बताए ।

रासस / सांकेतिक फोटो

 

वि.सं.२०८१ कात्तिक ९ शुक्रवार ११:५७ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...