back
CTIZAN AD

नेपाल लाइफइन्स्योरेन्सद्वारा लर्निङ म्यानेजमेन्ट सिस्टमको अनावरण

वि.सं.२०८१ कात्तिक १२ सोमवार

846 

shares

काठमाडौँ । नेपालकै सर्वाधिकविश्वासिलो जीवनबीमा कम्पनी नेपाललाइफ इन्स्योरेन्स कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाललाइफ पाठशाला)को आज काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच अनावरण गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले उक्त प्लयाटफर्ममा लगइन गरी उक्तलर्निङ म्यानेजमेन्ट सिस्टम(नेपाललाइफ पाठशाला)को अनावरण गर्नुभएको हो ।

उक्त कार्यक्रममा नेपाललाइफका उच्चपदस्थ अधिकारीहरु, पेशागत बीमा अभिकर्ता संघ नेपालका प्रतिनिधिहरू तथा पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाललाइफका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्तगर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उपस्थित सबैलाई स्वागत गर । उनले नेपालको जनसङ्ख्यामा युवा जनशक्तिको हिस्सा दक्षिण एसियामानै सबैभन्दा बढी भएको र यो ऊर्जावान शक्तिलाई उद्यम शीलतामा लगाउन सके देशको आर्थिक विकास सहजै हुने सार्गर्भित विचार व्यक्त गरे । भूमण्डली करणको कारणले विश्व एउटा डिजिटल डिभाइसमा समेटिन पुगेको रयसको प्रयोग गर्दै आर्थिक स्वतन्त्रता प्राप्त गर्न सबै युवालाई आग्रह गरे ।

नेपाललाइफले ल्याएको यस प्लयाटफर्मका कारण अब घरै बसीबसी आफ्नो अनुकूल समयमा बीमा अभिकर्ताको तालिम लिन सकिने र यसले बीमाको प्रचारप्रसार तथा विस्तारमा अतुलनीय भूमिका निर्वाह गर्ने कुरा बताए । हालको लागि नेपाल बीमा प्राधिकरणले तर्जुमा गरेको पाठ्यक्रमको आधारमा बीमा अभिकर्ताको आधारभूत तालिमको लागि श्रव्य दृश्यहरू निर्माण गरी सञ्चालन माल्याइएको र आगामी दिनमा कर्मचारीको सिप ज्ञान अभिवृद्धिका निम्ति पनि कार्यहरु थालनी गर्ने कुरा बताए ।

यसका साथसाथै उनले निकट भविष्यमा नै बीमाको महत्व र बीमा सम्बन्धी सम्पूर्ण जानकारीहरू एउटै प्लयाटफर्ममा उपलब्ध गराउने अभिप्रायका साथ यस प्ल्याटफर्मलाई सशक्त बनाउँदै जाने पनि बताए । सोहीअवसरमा यस कम्पनीले बीमाको नवीकरण शुल्क दाखिला तथा बिमा योजना अन्तर्गत लिएको कर्जाको भुक्तानी गर्नका निम्तिकम्पनीले सञ्चालन माल्याएको डाइनामिक क्यूआरको पनि प्रयोग गरी घरै बसी बसी सहजताका साथ भुक्तानी गर्न पनि सबैमा आग्रह गरे ।

कार्यक्रममा बोल्दै यस कम्पनीका नायब महाप्रबन्धक उमापति पोखरेलले पहिला भौतिक उपस्थितिमा तालिमहरू प्रदान गर्दै आएकोमा यस प्लयाट फर्मले त्यो परिस्थितिको अन्त्य गरेको कुरा बताए । अब बीमा अभिकर्ता बन्ने दृढ इच्छा शक्ति भएको खण्डमा भौतिक तालिमनै लिनकुर्न नपर्ने र आफ्नो अनुकूल समयमा तालिम लिई बीमालाई नेपालीको घर घरमा पुर्याउन सकिने कुरा बताए । बीमा उद्योगमा यस्तो प्रविधिमैत्री प्ल्याटफर्मको विकास गर्ने पहिलो कम्पनीको रुपमा नेपाललाइफ रहेको र यसले सम्पूर्ण नेपाललाइफ कर्मीलाई गौरवान्वित बनाएको समेत बताए ।
कार्यक्रममा तालिम विभागका प्रमुख रोजेश बस्नेतले उक्त प्लयाट फर्मको उपयोगिता र प्रयोग गर्ने तरिकाको बारेमा आफ्नो प्रस्तुतिकरण गरेका थिए । सूचना प्रविधि विभागका प्रमुख शरदचन्द्र प्याकुरेलले डाइनामिक क्युआरको प्रयोग कसरी गर्ने र त्यसको उपयोगितामाथि प्रकाश पारेका थिए ।

पेशागत बीमा अभिकर्ता संघनेपाल, बीमक समिति नेपाललाइफका सचिव तेजमणि शर्मा तिमल्सिनाले कम्पनीले सञ्चालनमा ल्याएको प्लयाट फर्मले तालिम प्रक्रियालाई सहज बनाउने बताए । साथसाथै उनले आगामी दिनमा पनि प्रविधि मैत्री कार्यहरूमा नेपाल लाइफको अग्रसरता कायम रहनेमा आफू निर्धक्क रहेको बताए । यस प्लयाटफर्मले अभिकर्तालाई झन् सहजहुने कुरा समेत बताए ।

कार्यक्रममा बोल्दै पेशागतबीमा अभिकर्ता संघ नेपालका वरिष्ठ उपाध्यक्ष नारायण दाहालले प्रविधि मैत्री प्लयाटफर्मको अनावरण समारोहमा आफू सामेल हुनपाएकोमा खुसी भएको बताए । विगतका कुराहरू स्मरण गर्दै उनले करिव दुइदशक अगाडी बीमा अभिकर्ताको तालिम नियामक निकायले मात्र प्रदान गर्ने गरेको र हालको दिनमा घरै बसीबसी तालिम लिन सक्ने अवस्थाको सिर्जना गर्न नेपाल लाइफ सफल भएकोमा कम्पनीको मुक्त कण्ठले प्रशंसा गरे । आगामी दिनमा पनि ग्राहकको सेवालाई केन्द्र बिन्दुमा राखेर विभिन्न प्रविधि मैत्री कार्यहरू कम्पनीबाट हुनेमा पनि आशावादी रहेको बताए ।

समापन मन्तव्य व्यक्त गर्दै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले यस प्रविधिको निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सामेल रहनुभएका सबै पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गरे । इनोभेशनलाई केन्द्रबिन्दुमा राखेर कम्पनीको प्रक्रियालाई सहज सरल चुस्त र दुरुस्त बनाउन कम्पनी सदैव तयार रहेको र सोपथमा लम्की पनि रहेको विचार अभिव्यक्त गरे ।

यसरी एक ढङ्गबाट दुई दशक पुरा गरिसकेको नेपाल लाइफ अहिले पनि स्टार्टअप कम्पनीको तौर तरिकाबाट सञ्चालन भइरहेको कुरा बताए । प्रविधिको अभावमा अभिकर्ता तथा ग्राहकहरूले भोग्नुपरेको पिर मार्कालाई समाधान गर्न कम्पनी अहोरात्रलागिरहेको बताए । प्रविधिमा आएको आमूल परिवर्तनलाई अङ्गीकार गर्न नसके कम्पनीले सोचे अनुसारको चौतर्फी विकास गर्न नसक्ने हुँदाकम्पनी सदैव एउटा सानो बच्चाको जस्तै जिज्ञासु भएर लागि परेको समेत बताए ।

वि.सं.२०८१ कात्तिक १२ सोमवार १६:५९ मा प्रकाशित

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...