back
CTIZAN AD

गोदावरी पुष्प मेला : ४३ हजारले अवलोकन गरेको मेलामा करोड बढी कारोबार

वि.सं.२०८१ कात्तिक १२ सोमवार

894 

shares

काठमाडौँ । ललितपुरको जावलाखेल मैदानमा चलेको १७ औं गोदावरी पुष्प मेला आज (आइतबार) सम्पन्न भएको छ ।
चारदिनदेखि चलेको मेलामा ४३ हजार ६ सयले अवलोकन गर्दा १ करोड १८ लाखको कारोबार भएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ । एसोसिएसन आयोजनामा कार्तिक ८ गते देखि सुरू भएको मेलामा पहिलो दिन ६ हजार ९ सय जनाले अवलोकन गर्दा २५ लाखको कारोबार भएको हो ।

दोस्रो दिन ९ हजार ८ सय जनाले अवलोकन गर्दा २५ लाख रुपैयाँ बराबरको कारोबार भएको र तेस्रो दिन हिजो (शनिवार) १५ हजार ९ सय जनाले अवलोकन गर्दा ५० लाखको कारोबार भएको थियो भने आज अन्तिम दिनमा ११ हजारले अवलोकन गर्दा २८ लाखको कारोबार भएको आयोजकले जनाएको छ ।

चार दिनसम्म चल्ने मेलामा ४० हजार बढीले प्रत्यक्ष अवलोकन तथा एक करोडभन्दा बढीको व्यवसायीक कारोबार हुने आयोजकको प्रक्षेपण भएपनि लक्ष्यभन्दा बढी कारोबार र अवलोकनकर्ताको भएको मेला संयोजक रामबहादुर तामाङले बताए ।

पुष्प व्यवसाय प्रवर्धनका सम्वन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पु¥याउनका लागि प्रदर्शनी आयोजना गरिएको हो ।

मेला अवधिभर अवलोकनकर्ताले सबैभन्दा बढी बहु वर्षे फुल्ने फूलप्रति बढी आकर्षण भएको देखिएको र त्यही बढी मात्रामा खरिद भएको फ्लोरीकल्चर एसोसिएसन नेपालका निवर्तमान अध्यक्ष मिनबहादुर तामाङले बताए ।

इन हाउस ग्रीन प्लान्टको पनि विक्रि राम्रै देखिएको उनले बताए । मेलाको अवलोकनका लागि विभिन्न अनुसन्धानकर्ता, कलेज तथा स्कुलका बालबालिकाहरू आएका थिए ।

चार दिने मेलामा व्यवसायिक स्टल ६८, प्रतियोगितात्मक स्टल २, अफिसियल स्टल ४ र फोटो पारखीरुका लागि सेल्फी स्टल १ गरि जम्मा ७५ वटा प्रर्दशनी कक्षहरु रहेका थिए । विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको ४ वटा विधा ९मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ) मा प्रतिस्पर्धा गराएको थियो ।

नेपालमा वि.सं. २०११ बाट सामान्य स्तरमा सुरू भएको पुष्प व्यवसाय, शहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य शहरहरू लगायतका अन्य क्षेत्रमा समेत फैलदो अवस्थामा रहेको छ।

हाल ५२ जिल्लामा लगभग २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय गरिरहेका छन् भने १ हजार १७४ भन्दा बढी पुष्प व्यवसायीहरू संलग्न रहेको यस व्यवसायमा ८ अर्ब ८३ करोड भन्दा बढीको लगानी रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गरि अनुमानित ५१ हजार ५०० भन्दा बढी जशक्तिहरू रोजगार रहेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालले उपल्बध गराएको तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष पुष्प व्यवसाय फस्टाउँदै गएको देखाएको छ ।

आर्थिक वर्ष २०७५/६ मा पुष्पको बार्षिक कारोबार रु।२ अर्व ४२ करोड रहेकोमा आर्थिक वर्ष ०७७/७८ मा बर्षे भरी कोभिड महामारीको कारण पुष्पको ब्यवसायिक कारोबारमा कमी आई जम्मा रु १ अर्व ६३ करोड मा खुम्चिएको थियो भने आर्थिक वर्ष २०७८/८९ मा कोभिडको असर केहि कम हुदा पुष्पको बार्षिक कारोबारमा केहि बृद्धि भएको थियो ।

गत आथिक बर्ष ०७९/८० मा रु ३ अर्व ७ करोड भन्दा बढीको कारोबार भएकोमा अघिल्लो बर्षको तुलनामा आर्थिक बर्ष २०८०/८१ मा १९.८६ प्रतिशतले वृद्धि भई रु. ३ अर्व ६८ करोड भन्दा बढीको कारोबार भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार यसै आर्थिक बर्ष ०८०/८१ मा पुष्प तथा पुष्पजन्य बस्तुको बार्षिक निर्यात् कारोबार रु एक करोड ०२ लाख १२ हजार भएको छ भने आयात तर्फ रु २७ करोड ७९ लाख ५ हजारको कारोबार रहेको छ ।

वि.सं.२०८१ कात्तिक १२ सोमवार १६:३२ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...