back

नवीकरणीय ऊर्जा प्रवर्द्धनमा उर्जामन्त्रीको जोड

वि.सं.२०८१ कात्तिक १३ मंगलवार

276 

shares

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा क्षेत्रको प्रवद्र्धनका निम्ति सरकारबाट सक्दो सहयोग हुने उल्लेख गर्दै त्यसनिम्ति सक्रिय भएर लाग्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलगायत सम्बन्धित निकायहरुसँग अनुरोध गरेका छन् ।

केन्द्रको २८औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले नवीकरणीय ऊर्जाको विकासका लागि त्यससम्बन्धी विधेयक यथाशीघ्र पारित गर्नुपर्ने पक्षमा आफू रहेको बताए । उनले संसद्को आगामी अधिवेशनमा उक्त विधेयकलाई प्राथमिकताका साथ प्रस्तुत गरिने बताए ।

ऊर्जामन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले त्यसलाई पूरा गर्न केन्द्रको भूमिका महत्वपूर्ण हुने बताए ।

मन्त्री खड्काले नवीकरणीय ऊर्जा विकासको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा संस्थालाई सम्मान गरे ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले नवीकरणीय ऊर्जाका माध्यमबाट विद्युत् नभएका स्थानमा उज्यालो पु¥याउन केन्द्रले निर्वाह गरेको भूमिकाको सराहना गरे । उनले विद्युत्मा पहुँच नभएका ग्रामीण इलाकामा नवीकरणीय ऊर्जा उत्पादन गर्न केन्द्रलाई सुझाव दिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले राष्ट्रिय प्रसारण लाइन नपुगेका क्षेत्रमा सौर्य प्यानलका माध्यमबाट ऊर्जा उत्पादन भएको जानकारी दिए ।

केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले स्थापनाकालदेखि नै केन्द्रले अहोरात्र काम गरी हालसम्म ४० हजार दुई सय ५३ किलोवाट लघु तथा साना जलविद्युत् आयोजना निर्माण गरेको जानकारी दिए । केन्द्रले हालसम्म देशका ३६ लाख ५० हजार घरमा नवीकरणीय ऊर्जा सेवा प्रवाह गरेको उनले बताए ।

देशभर नवीकरणीय ऊर्जाको क्षेत्रमा पाँच सयभन्दा बढी कम्पनी क्रियाशील रहेका छन्भने ती कम्पनीमा ४० हजारभन्दा बढीले रोजगारी पाएका छन् । वार्षिकोत्सवका अवसरमा कर्मचारीहरुले रक्तदान गरेका थिए ।

वि.सं.२०८१ कात्तिक १३ मंगलवार १६:४६ मा प्रकाशित

विद्यालयमा नृत्य गर्ने क्रममा बेहोस भएकी विद्यार्थीको मृत्यु

विद्यालयमा नृत्य गर्ने क्रममा बेहोस भएकी विद्यार्थीको मृत्यु

लमजुङ । बेँसीसहर नगरपालिका– ७ स्थित भूपू सैनिक आवासीय माध्यमिक...

राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : देउवा

राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : देउवा

मोरङ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक...

एनपिएलः पोखराको पहिलो जित

एनपिएलः पोखराको पहिलो जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले पहिलो...

रविलाई अन्याय भएको भन्दै मानवअधिकारकर्मीसँग रास्वपाको हारगुहार

रविलाई अन्याय भएको भन्दै मानवअधिकारकर्मीसँग रास्वपाको हारगुहार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति तथा पूर्व उपप्रधान तथा...

नेपाल प्रहरीमा १२ सय २३ जनाका लागि नयाँ भर्ना दरखास्त आव्हान

नेपाल प्रहरीमा १२ सय २३ जनाका लागि नयाँ भर्ना दरखास्त आव्हान

काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न...

मनोरञ्जन क्षेत्रमा हिंसाः ‘रङ्गीन’ क्षेत्र नै ‘रङ्गहीन’

मनोरञ्जन क्षेत्रमा हिंसाः ‘रङ्गीन’ क्षेत्र नै ‘रङ्गहीन’

काठमाडौँ । देशको राजधानी, सिन्धुपाल्चोककी शान्तिमाया लामाका लागि कुनै बेला...