back
CTIZAN AD

सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाइने छ : गृहमन्त्री

वि.सं.२०८१ कात्तिक १३ मंगलवार

831 

shares

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले युग सुहाउँदो तालिम र प्रविधिसहितको परिचालनले मात्र अबका सुरक्षा चुनौती सामना गर्न सकिने बताएका छन् । काठमाडौंको मातातीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा मंगलबार आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहमा उनले यस्तो बताएका हुन् ।

राज्यले सुम्पिएका जिम्मेवारीका साथै भइपरी आउने विषम परिपस्थितिमा व्यावसायिक दक्षता प्रदर्शन गरी आफ्नो पहिचान स्थापित गरिरहेको उनको भनाइ छ । सशस्त्र प्रहरी बललाई प्रविधिमैत्री एवम् चलायमान बनाउनेतर्फ मन्त्रालयले काम गरिरहेको उनले बताए ।

‘७७ वटै जिल्लामा परिचालन विस्थापित सशस्त्र प्रहरी बललाई थप जनशक्ति व्यवस्थापनका साथै भौतिक पूर्वाधार, सुरक्षा युग सुहाउँदो बन्दबस्ती सामग्रीले सुसंस्कृत गर्दै लैजान गृहमन्त्रालय प्रयासरत छ,’ उनले भने, ‘नीतिगत व्यवस्था र कार्यान्वयनको तहमा गर्नुपर्ने आवश्यक सम्पूर्ण सहयोग गर्न मन्त्रालयबाट कुनै कमी नहुने कुरामा विश्वस्त रहन आग्रह गर्दछु ।’

मौजुदा स्रोत साधनको प्रयोग गरी नजिता हासिल गर्नेतर्फ विगत र वर्ततमान जस्तै क्रियाशील रहिरहन सशस्त्र प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन छ । ‘सुरक्षा निकायका हरेक सदस्यले संविधान र प्रचलित ऐन–नियमको परिधिभित्र रही मानवअधिकारको संरक्षण र परिपालनामा कर्तव्यनिष्ठ भई कार्य गरे लोकतान्त्रिक संस्कार र विधिको शासन स्थापित हुँदै जान्छ,’ उनले भने, ‘विधिको शासन र कानुनी राज्यको मूलमर्मलाई आत्मसात गर्दै कानुन पालना गर्ने गराउने निकायले चनाखो एवम् होसियार रहेर आफ्ना काम कारबाही संचालन गर्नु गराउनुपर्ने अहिलेको अपरिहार्य आवश्यकतालाई मनन् गर्नुहोला ।’

वि.सं.२०८१ कात्तिक १३ मंगलवार १६:५८ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...