back

सीमापारि बजारमा भारु एक सयको एक सय ६६ रुपैयाँ तिर्दै नेपाली ग्राहक

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार

327 

shares
GLOBAL IME AD
NTC AD

जलेश्वर (महोत्तरी) । तिहार र छठका लागि जिल्लाको सीमापारि बजारमा सामान ल्याउन जाने नेपालीहरूले एक सय भारुको लागि रु एक सय ६६ नेपाली तिर्दै आएका छन् ।

नेपाली ग्राहकसँग भारतीय रुपैयाँ नरहेका कारण भारतीय बजारमा मालवस्तु खरिद गर्दा सयकडा छ रुपैयाँ बट्टा (कमिशन) तिर्नुपरेको जलेश्वर नगरपालिका–२ का ग्राहक सुदीश साहले बताए ।

महोत्तरीसँग सीमा जोडिएको भारतीय बजार भिठ्ठामोड, सुरसण्ड, मधवापुर, साहरघाटका बजारमा अहिले नेपाली ग्राहक चाडबाडको किनमेल गर्न पुगिरहेका अवस्थामा भारतीय व्यापारीले मनपरी ढङ्गले नेपाली पैसामा बट्टा (कमिशन) लिएर मालवस्तु दिने गरेको जलेश्वर नगरपालिका–८ का ग्राहक राजु मण्डलले बताए । उनले भारतीय बजारमा नेपाली पैसालाई भारतीय पैसासँग साट्दा भारु एक सयको बदलामा नेपाली रु एक सय ६६ र बढीमा एक सय ६८ सम्म बट्टा लिने गरेको बताए ।

जलेश्वर–४ भिठ्ठामोडमा कपडा र खाद्यवस्तु किनमेल गर्न पुगेकी बन्दना पाण्डेसँग त्यहाँका व्यापारीले नेपाली रु एक हजारको सरदर भारु छ सय मात्र दिएको र त्यतिमा कारोबार गरे गर्नुस्, होइन भन्ने सामान बेच्दैनौ भनेपछि त्यत्तिमै कारोबार गरेर आएको बताइन् ।

त्यस्तै पिपरा गाउँपालिका–७ बाट सुरसण्ड बजारमा सामान किन्न गएका वैद्यनाथ चौधरीले पनि नेपाली रु एक हजारको सरदर भारु छ सयमा कारोबार गरेको बताए । एकडारा गाउँपालिका–४ बाट पूजा र प्रसाद सामग्री तथा बालबालिकाका लागि कपडा खरिद गर्न सुरसण्ड बजार पुगेका स्थानीय रामनाथ राय र शिवशङ्कर रायले पनि आफूहरूले त्यहाँ किनमेल गर्दा भारु एक सयको लागि रु एक सय ६६ तिर्नुपरेको बताए ।

त्यसैगरी मधवापुर बजारमा गएका जलेश्वर–२ का सुरेश साहले पनि त्यत्तिमै कारोबार गरेको बताए । नेपालीसँग भारतीय बजारमा व्यापारीले भारु एक सयका लागि रु एक सय ६६ लिएका छन्भने यसका अलावा महोत्तरीको प्रत्येक भारतीय सीमानाकामा झोले सटही सञ्चालन गर्ने दर्जनौँ युवाले नेपालीसँग एक सय भारुको नेपाली रु एक सय ६६ लिने गरेका छन् ।

बजारमा भारतीय पैसाको अभाव हुनु र नेपाली ग्राहकले रु छसम्म अतिरिक्त पैसा तिर्नुपरेको छ । सुन तस्करी र हुण्डी कारोबारका कारण अहिले सीमाक्षेत्रका भारतीय बजारमा भारतीय रुपैयाँ नै गायब भएको र नेपाली रुपैयाँमा कारोबार भइरहेका कारण नेपाली ग्राहकले रु एक हजार बराबर नेपाली रु एक हजार छ सय दिएमात्र पाउने गरेको र कुनै कुनै ठाउँमा रु सात–आठसम्म पनि बट्टा (कमिशन) लिने गरेको एक ठूला व्यापारीले बताएका छन् ।

यता नेपाली बजारमा मालवस्तु महँगो र भारतीय बजारमा सस्तो भएको र बट्टा लिएर पनि भारतीय बजार नै ठिक रहेकाले नै महोत्तरीका सीमाक्षेत्रका भारतीय बजारमा नेपाली ग्राहकको भीड लागेको छ । रासस

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार ०७:०० मा प्रकाशित

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा क्षेत्रमा शनिवार प्रहरी र केवलकार निर्माणको...

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...