back

नदीमा युवक बेपत्ता घटनामा एकजना पक्राउ

वि.सं.२०८१ कात्तिक १९ सोमवार

255 

shares
GLOBAL IME AD
NTC AD

रामेछाप । रामेछापको मन्थली नगरपालिका-१ का ३० वर्षीय वीरबहादुर भुजेल तामाकोशी नदीमा बेपत्ता भएको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

भुजेल शुक्रबार रातिदेखि बेपत्ता छन् । प्रहरीले तामाकोशी नदीमा उनको खोजतालास गरिरहेको छ । भुजेललाई बेपत्ता पारेको अभियोगमा मन्थली–१ का २७ वर्षीय मीनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । भुजेल बेपत्ता भएको साँझ विक उनको साथमा रहेका कारण घटनाको अनुसन्धान गर्न विकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

शुक्रबार भुजेल र विकबीच झगडा भएको स्थानीयले बताएका छन् । विकसँग बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०८१ कात्तिक १९ सोमवार १४:१८ मा प्रकाशित

बाढीको वितण्डापछि जुर्मुराउँदै किसान, सरकारबाट सहयोग नपाएको गुनासो

बाढीको वितण्डापछि जुर्मुराउँदै किसान, सरकारबाट सहयोग नपाएको गुनासो

धुलिखेल (काभ्रेपलाञ्चोक) । यत्रतत्र छरिएका ढुङ्गा, काठ र रुखका जराले...

नेपाल-चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रको संयुक्त अनुगमन

नेपाल-चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रको संयुक्त अनुगमन

सिमकोट (हुम्ला) । नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा...

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा क्षेत्रमा शनिवार प्रहरी र केवलकार निर्माणको...

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...