back
CTIZAN AD

उपनिर्वाचनमा माओवादीले गठबन्धन नगर्ने

वि.सं.२०८१ कात्तिक २७ मंगलवार

2.2K 

shares

२७, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन नगर्ने जनाएको छ ।
का लागि आफ्ना उम्मेदवार टुंगो लगाएको छ । सोमबार बसेको पदाधिकारी बैठकले उपनिर्वाचनका लागि सहकार्यको विकल्प खुला राखे पनि माओवादीले उपनिर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको हो ।

प्रदेश, जिल्ला तहबाट आएका सबै सिफारिसलाई अनुमोदन गर्दै सो बैठकले उपनिर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारहरुको नाम समेत टुंगो लगाएको छ ।

पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार माओवादीले काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा प्रा.डा शिवशरण महर्जन, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा निमलेकी शेर्पा, रुकुमपूर्वको पुथा उत्तरगंगा उपाध्यक्षमा ज्ञानदेवी पुन, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा देवका लामिछाने र दैलेखको महाबु गाउँपालिका अध्यक्ष उम्मेदवारमा जंग बराललाई र मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष उम्मेदवारमा नामेनारायण माझीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यसैगरी माओवादीले विभिन्न पालिकाका रिक्त ३४ वडाध्यक्षका उम्मेदवार पनि टुंगो लगाएको छ । किर्तिपुर नगरपालिका वडा १ अध्यक्ष अष्टमान महर्जन वडा नं ४ ई. नारायण बिष्ट तथा काठमाडौँ महानगरपालिका वडा नं १६ दिलिप राज वन्तलाई उम्मेदवार बनाउने भएको छ । उम्मेदवार टुंगो लगाएसँगै उम्मेदवारी घोषणा सभा गर्ने तयारीमा माओवादी रहेको जनाइएको छ ।

यस्तै उक्त बैठकले उपनिर्वाचनमा चुनावी प्रचारमा केन्द्रीय पदाधिकारी पठाउने निर्णय गरेको छ ।  सरकारले गरिरहेको बेथितिहरू विरुद्ध खबरदारी गर्न जनपरिचालन गर्दै मङ्सिर मसान्तसम्म पालिका सम्मेलन र खबरदारी सभा एकैसाथ गर्ने निर्णय पनि गरेको छ । आगामी पुस २ गते केन्द्रीय समितिको बैठक बोलाउने र मङ्सिर १६ गते हुने उपनिर्वाचनमा पार्टीले सफलता हासिल गर्नका लागि आवश्यक तयारीका साथ जाने  जनाएकाे छ ।

वि.सं.२०८१ कात्तिक २७ मंगलवार ०९:२६ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...