back
CTIZAN AD

एउटै विद्यालयमा अक्षयकोषको सङ्ख्या १२ पुग्यो

वि.सं.२०८१ कात्तिक २७ मंगलवार

756 

shares

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङमा सञ्चालित श्री माध्यमिक विद्यालय बाँसबोटेमा अक्षयकोषको सङ्ख्या १२ पुगेको छ । कक्षा १२ सम्म अध्ययन/अध्यापन हुँदै आएको माविको ६४औँ वार्षिकोत्सवमा ‘किराँत चाम्लिङ राई चन्दाहँछा’ परिवारले रु ५१ हजार राशिको अक्षयकोष स्थापनासँगै उक्त विद्यालयमा अक्षयकोषको सङ्ख्या १२ पुगेको हो ।

पहिलो चरणमा रु ५१ हजार रकम जम्मा गरेर स्थापना गरिएको अक्षयकोषलाई बर्सेनि बढाउँदै लैजाने योजना रहेको अक्षयाकोषका संरक्षक एवं जिल्ला समन्वय समिति खोटाङका पूर्वप्रमुख बबि चाम्लिङले जानकारी दिए । अक्षयकोषबाट आएको ब्याजले हरेक वर्ष सर्वोत्कृष्ट अङ्क ल्याएर कक्षा १२ उत्तीर्ण गर्ने एकजना विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि प्रतोत्साहनस्वरुप पुरस्कृत गरिने जनाइएको छ ।

अक्षयकोषका लागि चन्दाहँछा परिवारले उपलब्ध गराएको नगद रकम जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईमार्फत विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि दिवङ्गत आफन्तको स्मृति तथा वंश नाम राखेर विद्यालयमा अक्षयकोष स्थापना गरिएको अभिभावकले बताएका छन् ।

विसं २०१७ मा स्थापना भएको विद्यालयमा यसअघि एकै वर्ष चारवटा अक्षयकोष स्थापना भएको थियो । विसं २०६८ मा रु एक लाख ११ हजार ११ राशिको स्वर्गीय मनमाया राई स्मृति अक्षयकोष, रु ७८ हजार तीन सय १३ राशिको भूतपूर्व विद्यार्थी अक्षयकोष, रु ५५ हजार राशिको सेरालुङहँछा अक्षयकोष र रु ५१ हजार राशिको स्वर्गीय दैवप्रसाद–तुलसा स्मृति अक्षयकोष स्थापना गरिएको हो ।

यस्तै २०७२ सालमा रु एक लाख राशिको स्वर्गीय चिमा राई स्मृति क्षयकोष, २०७५ सालमा रु ५५ हजार पाँच सय ५५ राशिको स्वर्गीय विद्याकुमारी कार्की स्मृति अक्षयकोष, २०७५ सालमा नै रु ५१ हजार राशिको स्वर्गीय भीमप्रसाद घिमिरे स्मृति अक्षयकोष, २०७६ सालमा रु एक लाख एक हजार राशिको स्वर्गीय जसमान–जयमति राई स्मृति अक्षयकोष स्थापना गरिएको थियो । विसं २०७८ मा रु दुई लाख २२ हजार दुई सय २२ राशिको स्वर्गीय असुनमाया राई स्मृति अक्षयकोष, सोही वर्ष रु ५० हजार राशिको स्वर्गीय आमा–छोरा स्मृति अक्षयकोष र २०७९ सालमा रु ७१ हजार एक सय ११ राशिको स्वर्गीय दीपबहादुर–नैनकुमारी श्रेष्ठ स्मृति अक्षयकोष स्थापना गरिएको हो ।

विद्यालयमा स्थापना भएको १२ वटा अक्षयकोषको सावाँब्याज गरी रु १७ लाख ३० हजार दुई सय ९९ पुगेको विद्यालयका शिक्षक एवं अक्षयकोष व्यवस्थापन समितिका संयोजक यादवप्रसाद घिमिरेले जानकारी दिए । अक्षयकोषबाट आएको ब्याजमध्ये रु एक लाख तीन हजार रकम यस वर्षको वार्षिकोत्सवमा कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई छात्रवृत्ति वितरणका लागि छुट्याइएको जनाइएको छ ।

अक्षयकोषमा जम्मा भएको रकम वार्षिक १८ प्रतिशत ब्याज लगाएर नौ प्रतिशत छात्रवृत्ति र नौ प्रतिशत कोषमा जम्मा गर्ने गरिएको विद्यालयका प्रधानाध्यापक पूर्णकुमार राईले जानकारी दिए । चन्दा सङ्कलन र अक्षयकोषबाट कक्षा ११ र १२ सञ्चालन गरिएको विद्यालयमा तीन सय ६१ जना विद्यार्थी अध्ययनरत छन् ।

चार दिनसम्म मनाइने ६४औँ वार्षिकोत्सवको औपचारिक शुभारम्भ जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले गरेका छन् । निकै तामझामका साथ उद्घाटन गरिएको कार्यक्रमको पहिलो दिन अक्षयकोष स्थापनाका साथै नगरपालिकास्तरीय अन्तरमावि छात्र भलिबल प्रतियोगिताको प्रारम्भ गरिएको छ ।

यसैबीच, वडा नम्बर ५ लफ्याङले विद्यालयको वार्षिकोत्सवका अवसर पारेर त्यहाँ अध्ययनरत बाल विकास केन्द्रदेखि कक्षा १२ सम्मका तीन सय ६१ जना छात्रछात्रालाई ट्रयाकसुट वितरण गरेको छ । वडा कार्यालयले विनियोजन गरेको रु छ लाख बजेटबाट खरिद गरिएको ट्रयाकसुट वडामा सञ्चालित अन्य विद्यालयका विद्यार्थीलाई समेत वितरण गरिएको वडाध्यक्ष एवं नगर प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए । रासस

वि.सं.२०८१ कात्तिक २७ मंगलवार ०८:४५ मा प्रकाशित

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...