back
CTIZAN AD

अनुसन्धानमा खटिएका कर्मचारीले कानुनका प्रावधान पालना गर्नुपर्छ : नेपाल प्रहरी

वि.सं.२०८१ कात्तिक २७ मंगलवार

618 

shares

काठमाडौं । नेपाल प्रहरीले अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी कर्मचारीको सानो कमजोरीले पनि अपराधसम्बन्धी मुद्दा प्रभावित हुनसक्ने भएकाले त्यसतर्फ गम्भीर हुन सचेत गराएको छ ।

अपराध अनुसन्धानमा खटिने हरेक प्रहरी कर्मचारीले प्रचलित कानुनका प्रावधानलाई पालना गरी नागरिकलाई कानुनी राज्यको प्रत्याभूति दिलाउनुपर्ने जनाउँदै मातहतका कर्मचारीलाई निर्देशन दिइएको हो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा सोमबार भएको अपराध अनुसन्धानसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा कार्यालय प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले अपराध अनुसन्धानमा खटिने प्रहरीले ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउनेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले मातहतका सम्पूर्ण कर्मचारीलाई कानुनका प्रावधान पालना गर्दै न्यायसम्पादन गर्न अनुरोध गरे ।

प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह गरी सेवाग्राहीको गुनासो सम्बोधनलाई प्राथमिकतामा राखी प्रहरीका काम, कर्तव्य सफल पार्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय मातहत रहेको तीनवटै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का सम्पूर्ण मुद्दा चल्ने २१ प्रहरी इकाइका अपराध अनुसन्धान शाखा प्रमुख र सहायकका साथै काठमाडौँ उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका प्रहरी कर्मचारीलगायतको उपस्थिति थियो ।

यसअघि उपत्यका प्रहरीले मातहतका मुद्दा चल्ने प्रहरी युनिटमा अनुगमन गरेको थियो । अनुगमनमा देखिएका कमीकमजोरीका विषयमा समीक्षा गर्दै सुधारका लागि उक्त छलफल गरिएको अपराध अनुसन्धान शाखा कार्यालयले जनाएको छ ।

उक्त विषयमा प्रहरी उपरीक्षक प्रवीण धितालले प्रस्तुतिकरण प्रस्तुत गरेको उपत्यका प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । उपत्यकामा हुने अपराध नियन्त्रण गर्दै शान्ति सुरक्षालाई प्रभावकारी बनाउन तीनवटै जिल्लाका प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन पनि दिइएको थियो ।

 

वि.सं.२०८१ कात्तिक २७ मंगलवार ०८:११ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...