back
CTIZAN AD

द ब्रिटिस कलेजमा करियर फेस्ट– २०२४हुँदै, स्थानीय प्रतिभालाई अवसरसँग जोड्ने प्रयास

वि.सं.२०८१ कात्तिक २९ बिहीवार

657 

shares

काठमाडौँ । ब्रिटिस एजुकेशनग्रुपअन्तर्गतको द ब्रिटिसकलेजमाकरियर फेस्ट– २०२४ हुने भएको छ । ग्रोथ सेलर्सको सहकार्यमा२५ र २६ नोभेम्बरको दिन थाथापली स्थित कलेज हातामा करियर फेस्टको आयोजना हुन लागेको हो ।
देशभरका रोजगार दाता कम्पनीर रोजगारी खोजिरहेका व्यक्तिहरू फेस्टमा सहभागी हुने छन् । कलेजमा अध्ययनरत विद्यार्थी,पूर्वविद्यार्थीमात्रै नभई सर्वसाधरणहरु रशीर्ष कम्पनीहरूलाई एउटै स्थानमाल्याईरोजगारीको अवसरप्रदान गर्ने, नेटवर्किङ बढाउने, र ज्ञान आदान–प्रदान गर्ने गतिशीलमञ्चको रूपमा सेवा पुर्याउने लक्ष्यको साथ यो कार्यक्रमको आयोजना भएको कलेजले जनाएको छ ।

५० भन्दा बढी राष्ट्रिय तथा बहुराष्ट्रियकम्पनीहरूको सहभागिता रहनेफेस्ट, रोजगार दाता तथा रोजगारीको खोजी गरिरहेका व्यक्तिहरुको लागि फलदायी हुने कम्पनीको विश्वास छ । फेस्टमा सहभागी हुने रोजगारदाता कम्पनीहरूले सो संस्थाको बिभिन्न पक्षहरुको बारेमा जानकारी प्रदान गर्ने छन् । साथै, सो कम्पनीहरुले प्रत्यक्ष अन्तरर्वार्ता लिई रोजगारीको अवसर समेत प्रदान गर्न सक्नेछन् । एउटै मञ्चबाटदुवै पक्षले फाइदालिन सक्ने फेस्टसरल र प्रभावकारी माध्यम भएको कलेजको विश्वास छ ।

ब्रिटिस कलेजका डेप्युटीप्रिन्सिपल डा. प्याट्रिक म्याकक्रुडेनलेनेपालमा रहेको‘ब्रेन ड्रेन’को समस्या समाधान गर्नको लागि यो पहल महत्वपूर्ण हुने विश्वा सव्यक्त गरे । ‘रोजगारीको अवसर पाउन कठिन भइरहेकोले नेपालबाट क्षमतावान् व्यक्तिहरू पलायन भइरहेको छन् । करियर फेस्ट २०२४ ले स्थानीय प्रतिभा पहिचान गर्दै रोजगारीको अवसर चाहिएका व्यक्तिहरूलाई नेपालमै सन्तोषजनक काम प्रदान गर्नको लागि आयोजना गरिएको हो,’प्रिन्सिपल म्याकक्रुडेनले भने, ‘यस्ता खालका कार्यक्रमहरूले प्रतिभाबाहिरिने प्रवृत्तिलाई रोक्न मद्दत पुर्याउन सक्छ, जसले नेपालको आर्थिक विकासलाई मजबुतबनाउन र उज्ज्वल भविष्यको मार्ग प्रशस्त गर्नेछ ।’

ग्रोथ सेलर्सका संस्थापक, मोहनओझाले ब्रिटिस कलेजले आयोजना गर्न लागेको फेस्ट रोजगारी खोज्नेहरूलाई फलदायी हुने विश्वास व्यक्त गरे । ‘हामी सबै रोजगारीखोजिरहनुभएकाव्यक्तिहरुलाईआवेदनदिन र कार्यक्रम दौरान आफ्नो लक्ष्यसँग मेल खाने कम्पनीहरूलाई भेट्नको निमन्त्रणा गर्दछौं,’ ओझाले भने, ‘यो तपाईंको भविष्यलाई आकार दिन सक्ने सम्बन्धहरूबनाउनको लागि एक विशेष मौका हो। यस मौकाको फाइदा उठाउनको लागियथाशक्य चाँडो रजिस्टर गरि अवसरको फाइदा उठाउनको लागि अनुरोध गर्दछु ।’

करियर फेस्ट केवल रोजगारी मेलामात्रनभई, एउटा व्यावसायिक विकास केन्द्र हो । फेस्टमा सहभागीहरूले सीभीबारेको कार्यशाला, करियर गाइडेन्सका शत्रहरु, र मास्टर क्लासहरूमा पहुँच पाउनेछन् । यस्ता गतिविधिले सहभागीहरुको कार्यक्षेत्रमा सफल हुन आवश्यक ज्ञान र सीपहरू प्रदान गर्नेछ । इच्छुकहरुले ब्रिटिस कलेजको वेभसाइट धधध।तजभदचष्तष्कजअयििभनभ।भमग।लउरभखभलतरतजभ(दचष्तष्कज(अयििभनभ(अबचभभच(ाभकत(द्दण्द्दद्ध मा गई रजिस्टर गर्नुपर्नेछ ।

वि.सं.२०८१ कात्तिक २९ बिहीवार १४:४४ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...