back
CTIZAN AD

कोशी उपनिर्वाचन : ६० जनाको मनोनयन

वि.सं.२०८१ मंसिर ३ सोमवार

1.1K 

shares

विराटनगर । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा कोशी प्रदेशका ६ वटा जिल्लामा रिक्त रहेका ७ वटा वडाध्यक्षका लागि ६० जनाको उम्मेदवारी परेको छ ।

सात वटा स्थानीय तहमा रिक्त रहेको सात वडाध्यक्ष पदका लागि ६० जनाको मनोनयन दताए भएको प्रदेश निर्वाचन कार्यालय मोरङले जनाएको छ । मनोनयन दर्ता भएकामा ६ जना महिला छन् । निर्वाचन हुने वडामध्ये सबैभन्दा बढी सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६ मा १४ जनाको मनोनयन दर्ता भएको छ भने झापाको कन्काई नगरपालिका–६ मा ९ जनाको उम्मेदवारी परेको छ ।

यस्तै, तेह्रथुमको लालीगुराँस नगरपालिका–८ को वडाध्यक्षमा ८ जना, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नम्बर ५ मा ८ जना, उदयपुरको त्रियुगा नगरपालिकाको वडा नम्बर १२ मा ९ जना, उदयपुरकै बेलका नगरपालिका वडा नम्बर ९ मा ७ जना र ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ३ मा ५ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचन हुने यी पालिकामध्ये सिरिजंगा ६ र बेलका ९ मा स्वतन्त्र उम्मेदवारी परेको छैन । बाँकी सबैमा स्वतन्त्र उम्मेदवारी परेको आयोगले जनाएको छ ।

आयोगका अनुसार कन्काईमा १, लालीगुराँसमा २, गढीमा ३, मोलुङमा २ र त्रियुगामा १ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । सिरिजङ्गामा १, कन्काईमा १, गढीमा २ र त्रियुगामा २ जना महिलाले वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गरेका छन् ।

वि.सं.२०८१ मंसिर ३ सोमवार १६:४१ मा प्रकाशित

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुककोे सीमा...

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर...

दूधमा आत्मनिर्भर बन्दै बागलुङ

दूधमा आत्मनिर्भर बन्दै बागलुङ

बागलुङ । दश वर्षपहिले मलेसियाको रोजगारीबाट फर्किएका बागलुङ नगरपालिका–१२ लिलाधर...

कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन

कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन

पर्वत ।  बिहादी गाउँपालिका–१ बाच्छाका ४० वर्षीय शिवकुमार क्षेत्रीले कोरियाबाट...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...