back
CTIZAN AD

नेपाल कबड्डी लिगको लोगो, सिटी र ट्रफी सार्वजनिक

वि.सं.२०८१ मंसिर १० सोमवार

624 

shares

काठमाडौँ । नेपाल कबड्डी लिगको लोगो, सिटी र ट्रफी सार्वजनिक गर्ने विशेष कार्यक्रम आज राजधानीमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा माननीय गृह मन्त्री श्री रमेश लेखकको उपस्थिति रहेको थियो। विशेष अतिथिका रूपमा माननीय युवा तथा खेलकुद मन्त्री श्री तेजु लाल चौधरी, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष  जीवनराम श्रेष्ठ, श्री कमल कुमार बेगानी, अखिल नेपाल कबड्डी सङ्घका अध्यक्ष श्री तुलसी थापा, अखिल नेपाल कबड्डी सङ्घका महासचिव श्री अरविन्द कुमार झा र कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव श्री कृष्ण बस्नेतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको मुख्य आकर्षण नेपाल कबड्डी लिगको लोगो सार्वजनिक गर्ने क्षण थियो। प्रमुख अतिथि गृह मन्त्री  रमेश लेखकले रिमोट थिचेर लोगो उद्घाटन गरे । लोगो सार्वजनिकसँगै फ्रान्चाइज सहरहरूको नाम पनि सार्वजनिक गरियो। नेपाल कबड्डी लिगको पहिलो संस्करणका लागि छ वटा फ्रान्चाइज सहरहरूको नाम सार्वजनिक गरिएको छ। ती सहरहरू हुन् काठमाडौँ, पोखरा, विराटनगर, जनकपुर, धनगढी र बुटवल।

लोगो सार्वजनिक कार्यक्रममा बोल्दै एस्ट्रियोनिक्स म्यानेजमेन्टका अध्यक्ष श्री अमित बेगानीले भन्नुभयो, “हामी लगभग एक वर्षपछि लोगो सार्वजनिक गर्दैछौं, यो क्षणका लागि म अत्यन्तै उत्साहित छु। यो लिग नेपाली खेललाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।”

कबड्डी लिगको यो घोषणा र कार्यक्रमले नेपाली खेलकुद क्षेत्रमा नयाँ अध्यायको सुरुवात भएको सङ्केत गरेको छ।
मुख्य अतिथि सम्माननीय गृह मन्त्री श्री रमेश लेखकले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै भने, “म यो खेलको ठुलो प्रशंसक हुँ। जब म हुर्किरहेको थिएँ, त्यति बेला अरू खेलहरू उपलब्ध थिएनन्, र कबड्डी नै मेरो पहिलो खेल थियो। मैले खेलको सुरुवात यहीबाट गरेको हुँ। नेपाल कबड्डी लिगलाई म हार्दिक शुभकामना दिन चाहन्छु।”

अन्त्यतिर, कार्यक्रमका होस्टले ट्रफी प्रस्तुत गर्दै सबैलाई चकित गर्नुभयो। मुख्य अतिथि माननीय गृहमन्त्री श्री रमेश लेखक, विशेष अतिथिहरू माननीय युवा तथा खेलकुद मन्त्री श्री तेजु लाल चौधरी, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष श्रीमती तुलसी थापा र एस्ट्रियोनिक्स म्यानेजमेन्टका अध्यक्ष श्री अमित बेगानीद्वारा ट्रफीको अनावरण गरिएको थियो। यस ट्रफीलाई युनिटी ट्रफीूनाम दिइएको छ। यो ट्रफी नेपालकै समृद्ध विविधता र संस्कृतिको प्रतीकका रूपमा डिजाइन गरिएको विशेष सरप्राइज थियो।

वि.सं.२०८१ मंसिर १० सोमवार १५:१६ मा प्रकाशित

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...