back
CTIZAN AD

अपहरणमा संलग्न दुई आरोपित पक्राउ

वि.सं.२०८१ मंसिर ११ मंगलवार

762 

shares

वीरगञ्ज (पर्सा) । पर्सा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा संलग्न भनिएका दुई जना आरोपितलाई पक्राउ गरेको छ ।

कटहरिया नगरपालिका–६ रौतहतका शेख सा महमदले आफूलाई अपहरण गरेर फिरौती माग गरेको निवेदनका आधारमा पर्सा प्रहरीले अपहरण कसुरका दुई आरोपितलाई रु ५० हजार फिरौती रकमसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले अपहरित महमदसँग अपहरणकारीले फिरौतीबापतको रकम लिँदै गरेको अवस्थामा वीरगञ्ज महानगर–१६ स्थित इनर्वागाउँबाट सन्तोष दास तत्मा र हरिशङ्कर शर्मालाई पक्राउ गरेको जानकारी दिए ।

“गत शुक्रबार महमदको भारतमा अपहरण भएको थियो । महमदले अपहरणकर्तालाई खाली चेक र मोटरसाइकल दिएर फुत्किएका प्रहरीलाई बताएका हुन्”, उनले भने, “अपहरणकारीले थप पैसा माग्न थालेपछि महमदले आफू अपहरणमा परेको सूचना प्रहरीलाई दिएका थिए । सोही सूचनाका आधारमा प्रहरीले अपहरणमा संलग्न भनिएका आरोपितलाई पक्राउ गरेको हो ।”

अपहरणको अभियोगमा पक्राउ परेका तत्मा र शर्मा दुवै जना वीरगञ्ज महानगर–१६ का स्थानीय बासिन्दा हुन् । पर्सा प्रहरीले अपहरणमा प्रयोग भएको मधेस प्रदेश ०३–०२५ प ३९८० नम्बरको पल्सर मोटरसाइकल र बिआर ०५ एयु ९७४५ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

प्रहरी नायब उपरीक्षक लम्सालले अपहरणको अभियोग लागेका दुवै जनालाई जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसुरमा सात दिन म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिए ।

वि.सं.२०८१ मंसिर ११ मंगलवार ०७:५७ मा प्रकाशित

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौँ । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका...

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौँ । रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको...

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई...

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

काठमाडौं । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक...

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

काठमाडौं। नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका...