back
CTIZAN AD

दलितका कुरा गर्नासाथ माइक काटिन्छ : राहुल गान्धी

वि.सं.२०८१ मंसिर ११ मंगलवार

1.1K 

shares

एजेन्सी । भारतीय संविधान दिवसको ७५औँ वार्षिकोत्सवका अवसरमा दिल्लीको तालकटोरा रंगशालामा भारतीय कंग्रेसको कार्यक्रम भइरहेको थियो।जसमा राहुल गान्धीले सम्बोधन गरिरहेका बेला माइक काटियो । उनको माइक लामो समयसम्म बन्द रह्यो ।

तर माइक ठीक भएपछि उनले भने, ‘जति मन लाग्छ माइक अफ गर, तर म बोल्छु ।’ राहुल गान्धीले कंग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘दलितको कुरा गर्नासाथ माइक अफ गरिन्छ । तपाईंले मेरो माइक बन्द गरिए पनि म फेरि बोल्छु । म मेरा कुरा पूरा गरेरै छाड्छु ।’

संविधान दिवसको अवसरमा उनले संविधानले अहिंसाको बाटो देखाएको बताए। उनले भने, ‘संविधान सत्य र अहिंसाको पुस्तक हो। संविधानले हिंसालाई अनुमति दिँदैन । जहाँ हाम्रो सरकार आउँछ, त्यहाँ जातीय जनगणना गरिनेछ । यदि पिछडिएका वर्गको हिस्सा बढी छ भने उनीहरूको सहभागिता किन कम ?’

उनले अगाडि भने, ‘तपाईंका कम्पनीका मालिक दलित वा ओबीसी पाउनु हुन्न। म ग्यारेन्टीका साथ भन्छु कि प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान पढेका छैनन् । भारतको हजारौँ वर्षको सोच र २१औँ शताब्दीमा भारतको सामाजिक सशक्तीकरणको सत्यता, अम्बेडकरजी, फुलेजी, भगवान् बुद्ध र गान्धीजी यसभित्र छन्। तपाईं कुनै पनि राज्यमा जानुभयो भने, केरलामा नारायण गुरुजी, कर्नाटकमा बसवन्नाजी, पुणेका शिवाजी महाराज, प्रत्येक राज्यमा तपाईंले दुई–तीन नाम पाउनुहुनेछ, जसको विचार तपाईंले यो पुस्तकमा पाउनुहुनेछ ।’

 

वि.सं.२०८१ मंसिर ११ मंगलवार १६:२६ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...