काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नेपाली काँग्रेसको भागमा परेपछि आसन्न गभर्नर एमालेको भागमा परेको छ । बोर्डको अध्यक्ष व्यवसायी सन्तोष नारायण श्रेष्ठ छन् । उनी नेकपा एमाले अध्यक्ष केपी ओली निकट मानिन्छन् । यद्यपी राजनीतिक दृष्टिकोणले भने काँग्रेस निकट हुन् ।
काँग्रेसले धितोपत्र बोर्डको अध्यक्ष पाएपछि गभर्नर एमालेको भागमा परेको छ । यही आउँदो चैत्रमा गभर्नरको कार्यकाल सकिँदैछ । गभर्नर महाप्रसाद अधिकारीको योग्यताका विषयमा अदालतमा मुद्दा विचाराधीन छ । सो मुद्दा अधिकारीकै पक्षमा आयो भने अधिकारी नै दोहोरिने सम्भावना छ ।
‘अधिकारीलाई दोहोर्याउँदा समिति बनाउनै पर्दैन भन्ने कानूनी व्यवस्था रहेको विषयमा पनि आवश्यक कानूनी परामर्श लिने काम भइरहेको छ,’ एमालेका एक नेताले भने, ‘पार्टीका लागि उहाँकै ‘कम्फर्टेबल’ हुनुहुन्छ । तर उहाँ स्वयम् के चाहनुहुन्छ भन्ने महत्त्वपूर्ण छ ।’
वि.सं.२०८१ मंसिर ११ मंगलवार १६:०६ मा प्रकाशित





























