back
CTIZAN AD

दुर्गम क्षेत्रका १५ सयभन्दा बढी नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

वि.सं.२०८१ मंसिर ११ मंगलवार

1K 

shares

भोजपुर । सहज स्वास्थ्य सेवा पु¥याउने लक्ष्यले टेम्केमैयुङ गाउँपालिकामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय १४ जनाले सेवा पाएका छन् । स्थानीय नागरिकलाई आफ्नै ठाउँमा विशेषज्ञ डाक्टरको सेवा दिने उद्देश्यले चारदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

स्वास्थ्य उपचारबाट वञ्चित रहेको अवस्थामा आफ्नै ठाउँमा सबै खालका रोगको निःशुल्क सेवा पाउँदा खुसी लागेको टेम्केमैयुङ–४ का स्थानीय प्रेम राईले बताए । “भौगोलिक विकटताका कारण राम्रो स्वास्थ्य सेवा लिन सकेका थिएनौँ”, उनले भने, “निःशुल्क स्वास्थ्य शिविरमार्फत सबै खालका रोगको उपचार गर्न पाइयो, धेरै खुसी लागेको छ, यही उपचार लिन बाहिरका अस्पतालमा जाँदा धेरै खर्च हुन्थ्यो ।”

दुर्गम भेगलाई लक्षित गरेर स्वास्थ्य शिविर सञ्चालनले उपचारको अभावमा रोग लुकाएर बसेकाहरुले उपचार गर्न पाएको टेम्केमैयुङ–२ का स्थानीय काजिराम राईले बताए । आफ्नै ठाउँमा निःशुल्क सेवा लिन पाउँदा खुसी लागेको उहाँको भनाइ छ । “शिविर सञ्चालनले दुर्गम क्षेत्रका हामी जस्ता धेरै नागरिकले सेवा पाएका छौँ”, उनले भने, “सहज उपचार गर्ने अवस्था नहुँदा रोग लुकाएर बसेकाहरुले उपचार गर्न पाएका छौँ ।”

गाउँपालिकाको समन्वय तथा संयोजनमा कादुरी एसोसिएसन ब्रिटिस गोर्खा नेपालले शिविर सञ्चालन गरेको हो । शिविरमा जनरल मेडिसिन, आँखा, दाँत, कान, इसिजी सेवा, अल्ट्रा साउण्ड टेष्ट, स्त्रीरोग, ल्याब परीक्षण लगायतको सेवा प्रवाह गरिएको आयोजकले जनाएको छ ।

स्थानीय नागरिकहरुलाई सजह रुपमा स्वास्थ्य सेवा दिने लक्ष्यले गाउँपालिका केन्द्र अन्नपूर्णमा शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । मानव स्वास्थ्यमा ध्यान दिने सोचले शिविर सञ्चालन गरिएको अध्यक्ष बस्नेतको भनाइ छ । यही मङ्सिर ७ गतेदेखि सुरु भएको शिविर मङ्सिर १० गतेसम्म सञ्चालन गरिएको कादुरीका प्रोजेक्ट म्यानेजर राजन राईले जानकारी दिए ।
रासस/फाइल फोटो

वि.सं.२०८१ मंसिर ११ मंगलवार १५:३८ मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...