back
CTIZAN AD

कुलमानमाथि जाँचबुझ गर्न पूर्वमुख्य न्यायाधीश पोखरेलको आनाकानी

वि.सं.२०८१ मंसिर ११ मंगलवार

1.1K 

shares

काठमाडौँ । उच्च अदालतका पूर्वमुख्य न्यायाधीश हरिकुमार पोखरेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि जाँचबुझ गर्न अस्वीकार गरेका छन् ।

उनले आफ्नो व्यस्तता देखाउँदै जाँचबुझ आयोगमा बस्न अस्वीकार गरेका हुन् । साथै आयोग गठनको निर्णय हुनुअघि आफ्नो सहमति पनि नलिएको उनको भनाइ छ ।

गत शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदका एक सचिवले आयोगमा राखिएको बारे जानकारी दिएको र आफूले त्यही दिन असमर्थता जनाइसकेको उनले बताए ।

‘म दुई महिनापछि पारिवारिक कामले देशबाहिर जानुपर्ने अवस्था छ, टिकट पनि भइसकेको छ,’ पूर्वमुख्य न्यायाधीश पोखरेलले भने, ‘यो कामको प्रकृति हेर्दा दुई महिनाभित्र सकिनेजस्तो लाग्दैन । काम नसकी बाहिर जानु पनि भएन । त्यसैले नसकिने कामको जिम्मा लिनुहुँदैन ।’

आयोगमा आफ्नो नाम चयन गर्नुअघि नै सहमति लिएको भए सरकारको निर्णय परिपक्व हुन सक्दथ्यो भनेर सुझाव पनि सरकारलाई दिएको उनको भनाइ छ ।

गत बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानमाथि जाँचबुझ गर्न न्यायिक आयोग गठन गरेको थियो । उच्च अदालत, जनकपुरका पूर्वमुख्य न्यायाधीश पोखरेलको नेतृत्वमा गठित आयोगमा एक जना सदस्य नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान) ले पठाउने र अर्को एकजना इलेक्ट्रिकल इन्जिनियर राखिने ऊर्जामन्त्री दीपक खड्काले बताएका थिए ।

वि.सं.२०८१ मंसिर ११ मंगलवार १५:३८ मा प्रकाशित

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

काठमाडौँ । आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको...

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर । भरतपुर महानगरपालिकाले सहरको सुरक्षा तथा निगरानी प्रणालीलाई थप...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता तथा...

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका...