back
CTIZAN AD

‘राजनीतिमा हुने महिला हिंसामा मौनताको अन्त्य गरौँ’

वि.सं.२०८१ मंसिर १२ बुधवार

555 

shares

पाटन (ललितपुर) । प्रतिनिधिसभाका पूर्वसभामुख ओनसरी घर्तीमगरले दुई नेताबीच संवाद नहुने अवस्थामा सफलतापूर्वक संसद्को नेतृत्व गरेको बताएकी छिन् । मिडिया एड्भोकेसी ग्रुपद्वारा आज यहाँ आयोजित ‘महिला हिंसाविरूद्ध म बोल्छु’ विषयक कार्यक्रममा उनले आफू सभामुख हुँदा एक सय १६ वटा कानुन पारित गरेको जानकारी दिईन् ।

“मलाई सानैदेखि समाजले छोरीले गर्न हुँदैन भनेको कुरा गर्न मन लाग्थ्यो, हलो जोत्ने, बन्धुक बोकेर आन्दोलनमा होमिनेदेखि कमाण्ड सम्हाल्नेसम्मका काम गरिसकेको छु, लगातार राजनीतिमा होमिएर प्राथमिकता दिईन्, आफूले ठीक ठानेको क्षेत्रमा लागेँ, पार्टी नेतृत्वमा थुप्रै काम गरेँ”, उनले भनिन ।

घर्तीमगरले बहुदलीय व्यवस्था आएपछि महिलाहरूमा राजनीतिक चेतनाको जागरण भयो भन्दै राजनीतिमा लाग्ने प्रेरणा मिलेको बताईन् । “मलाई जहिले पनि चुनौती भएको ठाउँमा काम गर्न मन लाग्यो, युद्धमा गएर कमाण्ड सम्हाल्यौँ, बन्दुक बोकेर युद्ध ग¥र्याैं, यसले मलाई सभामुख पदसम्म पु¥यायो । राजनीतिका हरेक क्षेत्रमा चुनौती भोग्दै आएको छु, जुन लडाइँ मैले लडेँ, सङ्घर्ष गरेँ, त्यस्तै लडाइँ र सङ्घर्ष हाम्रो छोरी पुस्ताले भोग्नु नपरोस”, उनले भनिन् ।

प्रतिनिधिसभा सदस्य डा विन्दा पाण्डेले हरेक तहमा नेतृत्वमा स्थापित हुने महिलाहरू सक्षम हुनुपर्ने बताए । उनले भनिन, “हाम्रै पार्टीभित्र पनि महिलाका पक्षमा बोल्न सुरू गरेपछि पार्टीमा लफडा सुरू भयो, संसद्मा पनि सबै राजनीतिक दलका महिला मिलेर अहिलेका उपलब्धि हासिल गरेका हौँ, परिवर्तन र उपलब्धि हासिल गर्नका लागि सबै राजनीति दलका महिला एक ठाउँमा आउनुपर्छ, अहिलेसम्मको उपलब्धि साझा आन्दोलनको उपलब्धि हो, सबैले स्वामित्व लिनुपर्छ ।”

नेपाली कांग्रेसकी नेत्री एवं पूर्वसांसद किरण यादवले राजनीतिमा सबै महिला कुनै न कुनै रूपमा हिंसामा पर्ने गरेका छन् भने । “अहिले तराईमा राजनीतिक चेतना धेरै छ, तर राजनीति र जागिरमा धेरै कम महिलाहरू छन्, घटना परिघटनाले मात्रै राजनीतिमा आएका छन”, उनले भनिन । उनले विसं २०६४ सम्म पनि धेरै महिलाहरू राजनीतिमा थिएनन् भन्नुहुँदै महिलाहरू समानुपातिकमा मात्रै आउँछन् र अटाउँछन् भन्ने भ्रम चिर्नुपर्छ भने ।

“विसं २०७० मा तत्कालीन कृषिमन्त्रीलाई हराएर म चुनाव जितेको हुँ, अझै पनि हरेक क्षेत्रमा काम गर्न महिलालाई कठिन छ, यौन हिंसाको पनि समस्या छ, महिलाहरूले आफूलाई स्थापित गर्न चुनौती छ, स्थानीय तहमा समेत महिलाहरूलाई काम गर्न पनि कठिन छ, विगतको भन्दा केही सुधार भए पनि अझै धेरै सुधार गर्न बाँकी छ”, उनले भनिन् ।

कार्यक्रममा टेवा अर्गनाइजेसनका संस्थापक रीता थापाले महिलाहरूलाई पहुँचको अभाव छ भन्दै यसका लागि ध्यान दिनुपर्ने बताईन् । मिडिया एड्भोकेसी फोरम अध्यक्ष अनिता विन्दुले महिला हिंसाविरूद्ध समानता र समताका लागि अग्रज महिला नेत्रीहरूले ठूलो योगदान गरेकी छिन् भन्दै अझै धेरै योगदान गर्नुपर्ने अवस्था रहेको बताईन् ।

“मङ्गलादेवी सिंह र सहाना प्रधान लगायतका महिला नेत्रीहरूले धेरै योगदान गर्नुभएको छ, हामीले अहिलेसम्म जति अधिकार पाएका छौँ, त्यो पर्याप्त छैन”, विन्दुले भनिन् । उनले मानसिक, शारीरिक र सामाजिक हिंसामा मौनता कायम गर्नु हुँदैन भन्नेमा जोड दिईन् ।

वि.सं.२०८१ मंसिर १२ बुधवार १८:५१ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...