back
CTIZAN AD

बेनीमा विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता सुरू

वि.सं.२०८१ मंसिर १२ बुधवार

846 

shares

म्याग्दी (बेनी) । म्याग्दी सदरमुकाम बेनीमा छात्रा फुटबल प्रतियोगिता सुरू भएको छ । छात्राहरूको खेल प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले लायन्स क्लबअफ बेनी लभ्लीहिलको आयोजनामा अन्तर माध्यमिक विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता सञ्चालन गरिएको हो । मङ्सिर १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न १० विद्यालयले सहभागिता जनाएको क्लब अध्यक्ष सोहन श्रेष्ठले जानकारी दिए ।

छात्रा फुटबल खेलाडी उत्पादन गर्ने उदेश्यका साथ क्लबले आयोजना गरेको प्रथम लायन्स कपअन्तर माध्यमिक विद्यालय (कक्षा १० सम्म) छात्रा फुटबल प्रतियोगितालाई रनिङ शिल्डको रूपमा हरेक वर्ष आयोजना गरिने उनको भनाइ छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले विद्यार्थीमा अध्ययन सँगसँगै खेल प्रतिभाकोसमेत विकास हुनुपर्ने बताउँदै महिला फुटबल खेलाडी उत्पादन गर्न प्रतियोगिताले सहयोग पुग्ने बताए ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रवक्ता रमेशकुमार श्रेष्ठ, म्याग्दी फुटबल सङ्घका अध्यक्षकुमार बानियाँले छात्राको फुटबल प्रतियोगिताले नयाँ खेलाडीको पहिचान गर्न सहयोग पुग्नेमा जोड दिए ।

प्रतियोगिताको विजेताले रू ३५ हजार, उपविजेता रू २० हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र र अनुशासित टिमलाई रू पाँच हजार नगद प्रदान गरिनेछ । त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक र राइजिङ प्लेयरलाई नगदसहित पुरस्कृत गरिने प्रथम उपाध्यक्ष निर्मल खत्रीले जानकारी दिए ।

वि.सं.२०८१ मंसिर १२ बुधवार १९:१५ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...