back

पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजनाका लागि बजेट बिनियोजन 

वि.सं.२०८१ मंसिर १३ बिहीवार

219 

shares

म्याग्दी । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका धार्मिक र पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्न विभिन्न ११ योजनाका लागि रु. एक करोड ५० लाख बजेट बिनियोजन गरेको छ । पर्यटन तथा उद्योग कार्यालयले कार्यान्वयन हुने १० योजनाका लागि रु. एक करोड २० लाख र पर्यटन, वाणिज्य तथा उपभोक्ता हकहित संरक्षण निर्देशनालय पोखरा अन्तर्गतको एक योजनालाई रु. ३० लाख बिनियोजन भएको हो ।

प्रमुख पोषानाथ शर्माले बजेट बिनियोजन भएका योजनाको सर्वेक्षण, लागत अनुमान तयार, उपभोक्ता समिति गठन र सम्झौताको प्रक्रीया अघि बढाएको बताए । धवलागिरि गाउँपालिका-४ मा पर्ने धौलागिरि चक्रीय पदमार्ग योजना भने निर्देशनालय मार्फत कार्यान्वयन हुने उनले बताए ।

अन्नपूर्ण गाउँपालिका-५का खोप्रा लेकमा पर्यटकीय पूर्वाधार र रघुगङ्गा गाउँपालिकाको काली बराह मन्दिर हुदै धवलागिरी आइसफल जाने पदमार्ग योजनाका लागि रु.२०/२० लाख बजेट प्राप्त भएको छ ।

रघुगङ्गा गाउँपालिका-४ को नागीदेवी मन्दिर संरक्षण, वडा न. ३ को गायत्री मन्दिर संरक्षण, वडा नं. २ को माझखर्क-ओखरबोट हुदै साझपानी पदमार्ग, बेनी नगरपालिका-७ को शान्तिपार्क, वडा नं.-२ को ध्यानकुटी पूर्वाधार, वडा नं. ६ को मसिनढुंगा थाकनपोखरी एकपाटे पदमार्ग, धवलागिरी गाउँपालिका-५ मल्कवाङ डाडाकटेरी ररावर हुदै ग्यासखार पदमार्ग र मालिका-७ बिम-तल्लोगाउँ पदमार्गका लागि रु. १०/१० लाख बजेट प्राप्त भएको छ ।

म्याग्दीमा प्रदेश सरकारले पर्यटन सम्बन्धी योजनाका लागि आर्थिक वर्ष २०७८/७९ मा आठ वटा योजनालाई रु. २० लाख, आर्थिक वर्ष २०७९/८० मा २१ योजनालाई रु. एक करोड ९२ लाख, आर्थिक वर्ष २०८०/८१ मा १८ योजनालाई रु. एक करोड ५६ लाख बनियोजन गरेको थियो ।

प्रशस्त पर्यटकीय स्थल भएपनि गण्डकी प्रदेशका अन्य जिल्लाको तुलनामा म्याग्दीमा कम बजेट बिनियोजन हुने र घट्नुका साथै योजनाले पूर्णता नपाउने समस्या देखिएको म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताए ।

आर्थिक वर्ष २०८०/८१ मा शुरु भएका १८ पदमार्ग सम्बन्धी योजना मध्य चार मात्र सम्पन्न भएका थिए । गत वर्ष शुरु भएको कालीबराह पदमार्ग बाहेकका योजनाले यो वर्ष निरन्तरता पाएका छैनन । अधुरा योजनाबाट नागरिकले लाभ लिन नसक्ने भएकाले निर्माणाधीन कामका लागि बजेटको निरन्तरता आवश्यक पर्ने सरोकारवाला बताउँछन् । रासस

वि.सं.२०८१ मंसिर १३ बिहीवार १२:२३ मा प्रकाशित

अध्यक्ष दाहालसँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेटवार्ता

अध्यक्ष दाहालसँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेटवार्ता

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का...

आफ्नै घरमा मृत अवस्थामा भेटिए आमासहित दुई छोरा

आफ्नै घरमा मृत अवस्थामा भेटिए आमासहित दुई छोरा

त्रिशूली (नुवाकोट) । नुवाकोटको किस्पाङ गाउँपालिका–१ नुचेतमा दुई छोरासहित आमा...

पत्रकार महासङ्घ निर्वाचन  : शर्मा नेतृत्वको प्यानल घोषणा

पत्रकार महासङ्घ निर्वाचन  : शर्मा नेतृत्वको प्यानल घोषणा

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा...

तीनलाख बढी रकमसहित काठमाडौंबाट १६ जुवाडे पक्राउ

तीनलाख बढी रकमसहित काठमाडौंबाट १६ जुवाडे पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ डल्लु तथा नागार्जुन नगरपालिका–३ गैरीगाउँमा जुवातास...

सहकारी ठगी प्रकरण : लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति

सहकारी ठगी प्रकरण : लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति

गण्डकी । सहकारी ठगी एवम् सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा कास्की...

प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता

प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री एवं नेकपा...