back
CTIZAN AD

उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित बनाऔँ : निर्वाचन आयोग

वि.सं.२०८१ मंसिर १३ बिहीवार

2.2K 

shares

काठमाडौँ । निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ ।

आयोगको बिहीबार बसेको बैठकपछि जारी विज्ञप्तिमा निर्वाचन आचारसंहिता पालना गर्न र गराउन सबै सरोकारवालाहरूलाई स्मरण गर्दै चुनाव हुने स्थानीय तहमा शंकास्पद व्यक्तिको प्रवेश निषेध र उनीहरूका गतिविधिमा उच्च निगरानी गर्न समेत सरकारलाई निर्देशन दिइएको छ ।

‘उपनिर्वाचन हुने स्थानीय तहमा अनधिकृत एवं शंकास्पद व्यक्तिको प्रवेश र तिनका गतिविधिमा उच्च निगरानी राख्ने, सूक्ष्म ढङ्गले अनुगमन गर्ने र निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र विश्वसनियतामा आँच आउने कुनै कार्य वा अवाञ्छित गतिविधि भएको वा हुन सक्ने शङ्का लागेमा वा कुनै सूचना प्राप्त भएमा मतदान केन्द्र तथा निर्वाचनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले थप आदेश लिनु नपर्ने गरी नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम तत्काल कारबाही गर्न नेपाल सरकार गृह मन्त्रालय मार्फत निर्देशन दिइएको छ’, आयोगले भनेको छ ।

आयोग प्रवक्ता नीता पोखरेलले जारी गरेको विज्ञप्तिमा निर्वाचनका क्रियाकलापहरूमा परिचालन हुने कर्मचारी सुरक्षाकर्मीहरूबाट सबै उम्मेदवार र राजनीतिक दलहरूप्रति समान व्यवहार गर्न निर्देशन दिइएको उल्लेख छ । उपनिर्वाचन अन्तर्गत आज राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ ।

 

वि.सं.२०८१ मंसिर १३ बिहीवार १६:२५ मा प्रकाशित

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

काभ्रेपलाञ्चोक । भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रेपलाञ्चोकका...

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

काठमाडौं। विद्यालयस्तरीय खेलकुद प्रतियोगितामध्ये पुरानो तथा लोकप्रिय स.बल ज्ञान कार्निभलको...

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा  भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत...

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ । मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक...

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवा । सरद्धकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल,...

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

चितवन । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको...