back
CTIZAN AD

श्रीमती र छोराछोरी छोड्न आफ्नै मृत्युको नाटक

वि.सं.२०८१ मंसिर १३ बिहीवार

4.2K 

shares

अमेरिका । अमेरिकाको विस्कन्सिन राज्यको वाटरटाउनमा एक जना ४४ वर्षिय पुरुषले आफ्नै मृत्युको नाटक रचेका छन् । ग्रिन लेकमा कायाकका लागि गएको बेलमा अगस्टमा डुबेर बेपत्ता भएको ठानिएका ती पुरुष पूर्वी युरोपमा भेटिए ।

अगस्ट १२ मा तीन सन्तानको पिता ¥यान बोर्गवार्ड्ट हराए । उनी ग्रिन लेकमा छोटो कायाकी ट्रिपका लागि गएका थिए । तर उनी फर्केर आएनन् । तत्कालै उनको खोजी कार्य पनि भयो । तालमा पल्टिएको अवस्थामा उनको कायाक भेटियो । नजिकको पार्कमा उनको गाडी र ट्रेलर फेला प¥यो ।

उनी तालमा डुबेर मरे भन्ने सोचिएको थियो । एक दिनपछि स्थानीय मछुवाराले र्यानको माछा मार्ने रड र उनको केही सामान भएको बाकस पनि भेटे । यी सबैले उनको आकस्मिक निधन भएको हुन सक्ने तर्फ औँल्याइरहेको थियो । तर त्यसपछि, अनुसन्धानका क्रममा ¥यान सीमा पार गरेर क्यानडातिर गएको प्रमाण भेटियो ।

अनुसन्धानका क्रममा आफ्नी श्रीमती र सन्तानलाई छाड्न उनले आफ्नो मृत्युको प्रपञ्च रचेको थाहा भयो । नोभेम्बर ११ मा अनुसन्धानकर्ताहरूले ¥यानसँग सम्पर्क गरेका थिए । त्यसयता उनीसँग नियमित सम्पर्क भइरहेको बताइएको छ ।
आफ्नो मृत्युको नाटक रचेर श्रीमती र छोराछोरीलाई किन पीडा दिएको भनेर उनले बताइसकेका छैनन् ।

आफू बेपत्ता हुन उनले सबै तयारी गरेका थिए । नयाँ पासपोर्ट पनि झिकेका थिए । हराउनु अघि उनले कम्प्युटरको हार्ड ड्राइभ फेरेर सबै सर्च हिष्ट्री मेटाएका थिए । जीवन बीमाको ३ लाख ७५ हजार डलर पैसा पनि झिके, विदेशी खातामा हाले, इमेल परिवर्तन गरे अनि उज्वेकिस्तानमा एक महिलासँग कुरा गरे ।

उनले यो सबै प्रपञ्च अर्की महिलासँग बिहे गर्न गरेको हुन सक्ने आशंका प्रहरीको छ । उनी घर फर्किएर आफूले सृजना गरेको सबै भद्रगोल मिलाउँछन् भन्ने आशा आफूहरूले गरेको ग्रिन लेक काउन्टीका सरिफ मार्क पोडोलले भनेका छन् ।

¥यानले आफ्नो यस व्यवहारका लागि पछुतो गरेको उनले बताएका छन् । आफू बेपत्ता भएको २ हप्तामा त शव खोज्ने काम रोकिएला भन्ने आशा आफूले गरेको ¥यानको भनाइ थियो । एजेन्सीकाे सहयाेगमा ।

वि.सं.२०८१ मंसिर १३ बिहीवार १६:४४ मा प्रकाशित

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवा । सरद्धकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल,...

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

चितवन । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको...

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७३४ पुगेको...

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

काठमाडौं । रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेको भोटेकोसी नदीमा...

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

धादिङ । प्रलयकारी बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

काठमाडौं । गत २६ अगस्टमा भोटेकोसी–त्रिशूली नदी बेसिनमा आएको विनाशकारी...