back
CTIZAN AD

रविलाई काठमाडौं स्थित सरकारी वकिलको कार्यालय लगियो

वि.सं.२०८१ मंसिर १४ शुक्रवार

963 

shares

काठमाडौँ । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका साभापति रवि लामिछानेलाई सरकारी वकिलको कार्यालय लगिएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको अपचलनमा लामिछाने मुछिएपछि कास्कीबाट बिहीबार साँझ काठमाडौं ल्याइएका उनलाई बयानका लागि काठमाडौं स्थित सरकारी वकिलको कार्यालय लगिएको हो ।

उनको बयान केहि बेरमा सुरु हुने बताइएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिकमा पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासतमा रहँदै आएका थिए । हिजो साँझ काठमाडौं ल्याइएका लामिछानेलाई काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएको छ ।

काठमाडौंको बयान सकेर लामिछानेलाई पुन पोखरा नै लगिने प्रहरीले जनाएको छ । उनीमाथि अदालतले पटक–पटक म्याद थपेर अनुसन्धान गर्न अनुमति दिँदै आएको छ । लामिछानेमाथि रुपन्देही र चितवनमा पनि मुद्दा परेको छ । रुपन्देहीमा उनको बयान सकिएको छ भने चितवनमा बाँकी छ ।

लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ । रवि पक्राउ परेदेखि नै फसाइएको भन्दै उनको पार्टी रास्वपाले विरोध गरिरहेको छ ।

 

वि.सं.२०८१ मंसिर १४ शुक्रवार ०९:५५ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...