back
CTIZAN AD

जसोहेल तनभिरको अनुबन्धबाट चितवन राइनो उत्साहि

वि.सं.२०८१ मंसिर १४ शुक्रवार

1.8K 

shares

१४ मंसिर । पाकिस्तानी क्रिकेटमा लामो समय खेलिसकेका अनुभवी खेलाडी सोहेल तनभिरलाई आफ्नो टिममा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा चितवन राइनोजको टिम उत्साहित भएको छ । चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले प्रेस विज्ञप्ती जारी गरी आउँदो नोभेम्बर ३० बाट सुरु हुने नेपाल प्रिमियर लिगको पहिलो सिजनका लागि सोहेल तनभिरलाई आफ्नो टिममा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा चितवन राइनोजको टिम तिकै उत्साहित भएको जनाएका छन् ।

बाँया हाते पेस बलिङ गर्ने उनको भिन्न किसिमको शैलीले बायाँ हातका तनवीरलाउनलाई विश्वभरका क्रिकेट लिगहरूमा चर्चा कमाउन निकै मद्दत गरेको छ । राजस्थान रोयल्सबाट खेली आइपीएल जितेका तथा पाकिस्तान सुपर लिग विजेता समेत रहेका तनभिरको सबैभन्दा ठुलो उपलब्धि उनले पाकिस्तान टिमबाट सन् २००९ को टी२० विश्वकप जितेका छन् । उनको गौरवशाली र विस्तारित क्रिकेटिङ करियर अझै चलिरहने विश्वास छ ।

‘मैले यसलाई एक चूनौतिका रुपमा लिएको छु । नेपाल गएर हजारौं नेपाली क्रिकेट फ्यानहरुका सामु चितवन राइनोजको प्रतिनिधित्व गर्दा अत्यन्त गौरवशाली अनुभुति हुनेछ । मलाई लाग्छ नेपालमा पनि पाकिस्तानी क्रिकेट टिमका धेरै फ्यानहरू छन’ सोहेल तनभिरको भनाईलाई विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘हामीलाई यस्तै कुनै खेलाडीको खाँचो थियो । हामीले डे लाङको अभावलाई खड्किन नदिन सोहेल तनभिरलाई अनुबन्ध गरी टिममा नयाँ ऊर्जा थपेका छौं । उनको उपस्थितिले टिमलाई उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्दछ’ विज्ञप्तिमा जनाइएको छ ।

वि.सं.२०८१ मंसिर १४ शुक्रवार ०९:४८ मा प्रकाशित

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...