back
CTIZAN AD

आज बाला चतुर्दशी, पशुपतिमा शतबीज छर्ने र बत्ती बाल्नेको घुइचो

वि.सं.२०८१ मंसिर १४ शुक्रवार

690 

shares

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशीमा शतबीज छर्ने र बत्ती बाल्ने कार्यको सम्पूर्ण तयारी भएको जनाएको छ । कोषले काठमाडौं जिल्ला प्रशासन र महानगरपालिकासहितको सहयोगमा सबै तयारी पुरा भएको जनाएको हो ।

बत्ती बाल्न र शतबीज छर्नका लागि देशभरबाट श्रद्धालु काठमाडौं आउनेक्रम सुरू भइसकेको छ । मार्गशीर्ष कृष्ण त्रयोदशी आज (शुक्रबार) पितृका नाममा बत्ती बाल्ने गरिन्छ ।

पशुपतिनाथमा पितृका नाममा बत्ती बालेर रातभर जाग्राम बस्ने चलन छ । शनिबार (चतुर्दशी) बिहान बागमतीमा सेलाएर स्नान गरी पाशुपत क्षेत्रमा शतबीज छर्ने परम्परा छ । बत्ती बालेर रातभर जाग्राम बसी शतबीज छर्दा पितृले सद्गति पाउने जनविश्वास छ ।

मातापिता दिवंगत भएको एक वर्ष नपुगेकासहित वर्षदिन पुगिसकेकाले बत्ती बाल्ने शतबीज रोपण गर्ने चलन छ । मातापिता सामान्यतया लगातार तीन वर्ष बत्ती बाल्ने र शतबीजरोपण गर्ने चलन छ । पहिलो वर्ष दियोमा, दोस्रो वर्ष मानामा बत्ती बाल्ने र तेस्रो वर्ष महादीप बालेर समापन गर्ने चलन चलेको देखिन्छ । १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

पितृका नाममा शतबीज छर्न पशुपतिनाथमा देशभरका श्रद्धालु काठमाडौं आएका छन् । आफ्नै आसपास रहेका शिवालयमा बत्ती बालेर बस्ने र शतबीज छर्ने पनि गरिन्छ ।

बत्ती कुर्न बसेकाले गाउने बालन, भजन र दोहोरीले पशुपति आसपासका क्षेत्र गुञ्जायमान हुने गरेको छ । काठमाडौं जिल्ला प्रशासन र महानगरपालिकालगायत अन्य संघसंस्थाको सहयोगमा श्रद्धालुलाई सहज बनाउने कोषले जनाएको छ । यो वर्ष शुक्रबार बत्ती बाल्नुपर्ने र शनिबार बिहान शतबीज छर्नुपर्ने पञ्चांगमा उल्लेख छ ।

वि.सं.२०८१ मंसिर १४ शुक्रवार ०९:४१ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...